विश्वका सबै मान्छे शाकाहारी भए के होला ? पढेपछि सोच्न बाध्य हुनुहुन्छ

359

अन्य जीवलाई मारेर मासु खाने मान्छेको व्यवहारलाई मान्छेले नै बिरोध गरिरहेका छन् । जीवजन्तुको अधिकारका लागि लड्नेहरुले काटमार बन्द गर्नुपर्ने माग उठाउँदै आएका छन् । तर, विश्वमा मांशाहारीको संख्या घटेको छैन । दशैँको वहानामा नेपाली हिन्दू पनि घर–घरमा बलि दिन तयार भएर बसेका छन् । काटमार जीवमाथिको हिंसा त हो नै, यसले मानव जीवनमा पनि ठूलो असर पारिरहेको छ । जीव हत्याले मानव जातिलाई नै ठूलो नोक्सान भइरहेको छ । तपाईंको दिमागमा कहिलेकाहिँ प्रश्न उठ्छ, विश्वका सबै मान्छे शाकाहारी हुने भए के परिणाम आउँछ होला ? अध्ययनले यसको जवाफ दिएको छ ।

यदि सन् २०५० सम्म विश्व शाकाहारी भयो भने हरेक वर्ष ७० लाख कम व्यक्ति मर्ने छन् । साथै पशुसँग जोडिएका कुनै पनि उत्पादन नखाए हरेक वर्ष ८० लाख कम मान्छे मर्ने छन् ।

अक्सफोर्ड मार्टिन स्कुल फ्यूचर अफ फुड प्रोग्रामका अनुसन्धानकर्ता मार्को स्प्रिङम्यानले खाद्य सामाग्रीसँग जोडिएका उत्सर्जनमा ६० प्रतिशत गिरावट आएको बताएका छन् ।  यो रातो मासु उत्पादनमा आएको कमीका कारण भएको हो । किनभने रातो मासु मिथेन ग्याँस उत्सर्जन गर्ने पाशुबाट प्राप्त हुन्छ ।

तर, यसले विकाशोन्मुख राष्ट्रका किसानमा ठूलो असर निम्त्याउन सक्छ । अफ्रिकालगायत कयौं देशका व्यक्ति पशुपालनमा निर्भर छन् । यो स्थायी रुपले विस्थापित हुदा समस्या हुन्छ । यसले उनीहरुको सांस्कृतिक पहिचान पनि खतरामा पर्छ ।

जंगल जलवायु परिवर्तनबाट कम प्रभावित हुन्छ । नास भएका जैविक विविधता फेरि सुरु हुन्छ । जंगलमा एक किसिमको सन्तुलन बन्छ ।

जो पशुसँग जोडिएको उद्योग, व्यवसायमा लागेका छन्, उनीहरुले आफ्नो नयाँ करियरको खोजी गर्छन् । तर, दोस्रो रोजगार नमिल्दासम्म व्यापक बेरोजगारी निम्तिन्छ । यसले पारिवारिक समाजमा व्यापक उथलपुथल निम्तिन्छ ।

सबै शाकाहारी भएमा फेरि क्रिसमस टर्की (एक किसिमको पंक्षी जसलाई मान्छेहरु खान्छन्) रहँदैन । शाकाहारी हुनुको मतलब परम्परा पनि नराम्रोसँग प्रभावित हुनु हो । विश्वमा केही यस्ता समुदाय छन् जो विवाह तथा अन्य उत्सवमा मासुलाई उपहारको रुपमा प्रयोग गर्छन् । क्याम्ब्रिज यूनिभर्सिटीका बेन फिलन भन्छन्– शाकाहारी भएपछि यस प्रकारको कोशिश कम हुन्छ ।

मासुको खपत नहुँदा मुटुरोग, चिनीरोग, स्ट्रोक तथा क्यान्सरजस्ता रोगको खतरा कम हुन्छ । यति भएपछि मेडिकल बिलमै खर्च हुँदै आएको विश्वको दुईदेखि तीन प्रतिशत जीडीपी बच्ने छ ।

तर, हाम्रो लागि पोषणका केही वैकल्पिक चिजको व्यवस्था गरेर मात्रै मासु हटाउनु पर्छ । एक अनुमानअनुसार विश्वभरका दुई अरब व्यक्ति कुपोषित छन् । अन्नभन्दा मासु या मासुसँग सम्बन्धित उत्पादनले मान्छेमा धेरै पोषण मिल्छ । न्यूजसेवाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here