दशैंमा सबै पैसा नसक्नुस् ! विश्लेषक देख्छन् बजार बढ्ने सम्भावना

1299

काठमाडौं । नेप्से परिसूचकले ०७३ सालमा हालसम्मकै उच्च विन्दु १८८८ बनायो । त्यसयता बजार कहिले १४ सय विन्दुबाट त कहिले १२ सयसम्म पुगेर पनि फर्किंदै आएको छ ।

यद्यपि, उच्च विन्दु नजिक नपुग्दै फर्किने गरेको छ । यही सिलसिलामा यसपटक बजारले चैत मसान्त प्रभावको समेत महशुस गर्न पाएन । अधिकांश सूचीकृत संस्थाको नाफा उच्चदर नै देखियो, कम्पनीहरुबाट पनि औसतमा २० प्रतिशत लाभांश घोषणाहरु भइरहेका छन् ।

तर पनि, बजारले विरलै सुदिन देख्न पायो । बैंकहरुमा कर्जा लागनीका लागि पूाजी अभाव, बैंक तथा वित्तीय संस्थाको सेयरमा बढ्दो आपूर्तिले बजारलाई यसअघिको उचाइसम्म पुग्न रोक्यो ।

यद्यपि, चुक्ता पूाजीवृद्धिका लागि बैंकहरुबाट घोषणा भएका लाभांशले बजारलाई धेरै तल जानबाट पनि बचायो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असोजसम्म तोकेको चुक्ता पूाजी पुर्‍याउनैपर्ने अन्तिम निर्देशन दिएको छ । अधिकांश संस्थाले तोकिएको पूाजी लगभग पुर्‍याइसकेका छन् ।

यही मेसोमा दशैंअघिको अन्तिम दिन बजार बढेर शुभ संकेत त दिएको छ । बैंकहरुले कर्जाको व्याजदर क्रमिक रुपमा घटाउन थालेका पनि छन् । तर, लगातार घटिरहेको बजारप्रति लगानीकर्ता कतिको आशावादी छन् ? त्यो भने बजारको आगामी दिनको प्रवृत्तीले नै देखाउला । आगामी प्रवृत्ती कस्तो हुन सक्छ भनेर हामीले बजारमा चिनिएका सेयर विश्लेषक र लगानीकर्तासाग कुराकानी गरेका छौं । प्रस्तुत सोही कुराकानीको सार-

‘बजार न्युनतम विन्दुतिर’
अमृतनाथ रेग्मी
सेयर विश्लेषक तथा लगानीकर्ता

सेयर बजारले यसअघि कायम गरेको १८८७ को उचाइका आधारमा हेर्दा अहिले बजार न्युनतम विन्दुतिर गइरहेको छ । अब बजार धेरै घट्ने अवस्था छजस्तो मलाई लाग्दैन ।

तर, न्युनतम विन्दु चिन्न सजिलो छैन । यो लगानीकर्ताअनुसार फरक हुन सक्छ किनभने कसैलाई एउटा विन्दु वा मूल्य कम लाग्छ भने कसैलाई अर्को । यो व्यक्तिको जोखिममा भर पर्ने विषय पनि हो ।

अहिले कतिपयमा देखिएको चिन्ता भनेको बैंकहरुको पूाजीवृद्धि पछि के हुन्छ भन्ने छ । तर, बुझ्नुपर्ने कुरा भनेको बैंकहरु अझै पनि पूाजीका आधारमा सक्षम देखिइसकेका छैनन् । अहिले पनि ४८ मेगावाटको कुनै जलविद्युत आयोजनामा लगानी गर्नुपर्‍यो भने १० वटा वाणिज्य बैंक सहवित्तीयकरणमा जानुपर्ने अवस्था छ ।

यो क्षमता एउटै बैंकमा हुनुपर्छ भन्ने सोच राष्ट्र बैंकको पनि छ । त्यसैले राष्ट्र बैंकले तोकेको चुक्तापूाजी पुगेपछि पनि बैंकहरुले बोनस सेयर दिन थाल्नुपर्ने देखिन्छ । बैंकहरुलाई मेरो सुझाव अब नगद र बोनस सेयर दुवै लाभांश दिएर अगाडि बढ भन्ने हो ।

बैंकिङ क्षेत्रकै कुरा गर्नुपर्दा आठ अर्बको पूाजी हुनेले २० प्रतिशत लाभांश दिन कम्तिमा दुई अर्ब ४० करोडसम्म कमाउनु पर्ने हुन्छ । यस्तो आम्दानी अहिलेकै अवस्थामा ४/५ वटा बैंकले मात्र गर्न सक्ने देखिन्छ ।

यस्तो क्षमता बढाउन बैंकहरुको ऋणको गुणस्तर पनि उच्च हुनुपर्छ । व्यवसाय विस्तारमा नवीन सोच ल्याउनुपर्ने हुन्छ ।

अहिले बीमा क्षेत्रमा पनि मानिसको चासो देखिन्छ । तर, यो क्षेत्रमा पनि पर्याप्त सुधारको आवश्यकता देखिन्छ । देशव्यापी व्यवसाय विस्तार गर्न यस क्षेत्रका कम्पनीहरु सक्षम भइसकेका छैनन् ।

आफूले जोखिम लिने क्षमतामा कम्पनीहरुले विचार पुर्‍याउनुपर्ने देखिएको छ । यो क्षमता एक तिहाइ हुनु राम्रो हुन्छ । छनोट गरेर लगानी गर्न सके यी क्षेत्रका कम्पनीमा थप प्रतिफलको सम्भावना छ ।

लघुवित्त कम्पनीहरुमा अझै पनि समस्या रहेको देख्छु । यो क्षेत्रबाट जारी हुने कर्जामा दोहोरोपनको समस्या देखिादै आएको छ । कर्मचारी खर्च पनि उच्च देखिने गरेको छ । थोक कर्जा दिने लघुवित्तहरुको खर्च भने कम देखिन्छ ।

बजारका लागि आधारभूत पक्षको कुरा गर्नुपर्दा नेपालमा पनि सेयर दीर्घकालसम्म ‘होल्ड’ गर्नेलाई प्राथमिकता दिने व्यवस्था आवश्यक छ । अन्य देशमा अवधि तोकेर उक्त समयसम्म सेयर नबेच्नेलाई कर सहुलियत दिने व्यवस्था छ ।

यस्तै, संस्थाहरुले बोनस सेयर वा नगद लाभांशमा दिादा भाग लगाउने पनि गरेका छन् । एकको लागि नपुग हुने रकम लगानीकर्ताले नै थपेर भाग लगाउनु नपर्ने व्यवस्था आवश्यक भएको छ । यसले गर्दा लगानीकर्ताले अनावश्यक झण्झट बेहोर्नु परिरहेको छ ।

‘दशैंपछि राम्रो अवसर’
अम्बिका पौडेल
अध्यक्ष, नेपाल स्टक इन्भेस्टर्स फोरम

दशैंपछि पनि सेयर बजारमा राम्रै अवसर रहेको देख्छु । अहिले बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जाको व्याजदर घटाइरहेका छन् । लगानीकर्ताहरुले सहज रुपमा कर्जा पाउन थालेका छन् । बैंकहरुले मुद्दति निक्षेपको व्याजदरसमेत घटाइरहेका छन् । मुद्दति निक्षेपको तुलनामा अहिले बजारबाटै राम्रो कमाइ हुने अवस्था छ ।

बजारमा आगामी दिनमा अहिलेजस्तो आपूर्तिको चाप बढ्ने सम्भावना कम छ । बैंक तथा वित्तीय संस्थाहरुमा धेरैको पूाजी पुगेको छ । त्यसो हुादा अहिलेकै अनुपातमा हकप्रद र बोनस सेयर आउने सम्भावना छैन । यी क्षेत्रबाट नयाा सेयर कम जारी हुादा आपूर्ति लगभग स्थिरजस्तै हुने देखिन्छ ।

बजारमा अहिले पनि सेयरको आपूर्ति नै मूल्य निर्धारणको मुख्य आधार बनिरहेको छ । जुन कम्पनीको सेयर कम संख्यामा छ, त्यसको मूल्य उच्च रहने गरेको छ । उस्तै, लाभांश दिने कम्पनीहरु भए पनि आपूर्तिकै कारण मूल्य फरक पर्ने गरेको देखिएको छ ।

बजारमा लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको छ । भोलिका दिनमा नयाा बैंकहरु खुलिहाल्ने अवस्था पनि छैन । यसले गर्दा बैंक तथा वित्तीय संस्थाको सेयरको माग बढ्दै जाने देखिन्छ ।

सेयर बजारमा अहिले पनि बैंक तथा वित्तीय संस्थाको हिस्सा ७० प्रतिशत छ । बैंकहरुको सेयर मूल्यमा पर्ने प्रभावले पनि बजारको दिशा निर्धारण हुने गरेको छ । यस आधारमा हेर्दा बैंकको सेयरको मागमा पर्ने चापले बजार सकारात्मक बाटोमा अगाडि बढ्ने सम्भावना छ ।

तर, लघुवित्त र बीमा कम्पनीहरुको सेयरको आपूर्ति केही समयपछि बढ्न सक्छ । बीमा कम्पनीहरुको चुक्तापूाजी वृद्धि हुने भएको छ । यसले गर्दा यो क्षेत्रमा पहिलेजस्तो आपूर्ति कम हुने छैन भने निश्चित वर्गको पकडमा सेयर सीमित हुने छैन ।onlinekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here