आज नवरात्रिको नवौं दिन, यसरी गर्नुस् सिद्धिदात्रीको पूजा

99

नवरात्रिको नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यो नवौं तथा अन्तिम दिनमा देवीको सिद्धि दिने रूपको अर्चना गर्नुपर्छ ।

सिद्धिदात्री भगवतीले सबै भक्तहरूलाई सिद्धि प्रदान गर्नुहुन्छ । सबै देवीदेवतालाई सिद्धिदात्रीले नै सिद्धिहरू दिनुभएको छ ।

माता सिद्धिदात्री कमलको आसनमा विराजमान हुनुहुन्छ । उहाँका हातहरूमा शंख, चक्र, कमल र गदा छ । सिद्धिदात्रीलाई देवी सरस्वतीको स्वरूप मानिन्छ ।

यो मन्त्रले देवीको पूजा गर्नुस् :

सिद्धगंधर्वयक्षादिरसुरैरमरै रवि ।
सेव्यमाना सदाभूयात् सिद्धिदा सिद्धिदायनी॥

सिद्धिदात्रीको कृपाले मनुष्य सबै प्रकारका सिद्धि प्राप्त गरेर मोक्ष पाउन सफल हुन्छ ।

दुर्गा सप्तशतीका सबै श्लोक मन्त्ररूप हुन् । त्यसैले सप्तशतीका सबै श्लोकका साथ आजको दिनमा आहुति दिनु उपयुक्त हुन्छ । देवीको बीज मन्त्र ऊँ ह्रीं क्लीं चामुण्डायै विच्चे नमो नमः ले १०८ चोटि हवन गर्नुस् ।

देवीलाई भोग लगाएर ब्राह्मण तथा कन्याहरूलाई दिनुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here