पैसा कमाउनका लागि बनाईएको झूर फिल्म हो- छक्का पञ्जा- २

1968

अष्ट्रेलियामा अध्ययन गर्न चाहने बहानामा नक्कली बिहे गर्न खोज्ने जोडीको कथालाई समेट्न खोजिएको छ । अष्ट्रेलियाको भिसा प्याकेटमा आउँदैन । कुरियरबाट आएको प्याकेटबाट पासपोर्ट झिकेर भिसाको थाहा दिइँदैन । यो कुरा फिल्म मेकरलाई थाहा नभएको प्रष्ट देखिन्छ । कति हाँस्नु ? फिल्ममा कन्सल्टेन्सीको मान्छे पासपोर्टको पेज पल्टाउँदै गर्छ, नायिका राम् राम् भनेर फिंगर क्रस गरेर बसेकि हुन्छे ।

 ‘छक्का पञ्जा’ र यसको टिम यस्तो ब्रान्ड हो जो ‘जे बेचे पनि बिक्छ’ भन्ने मान्यताबाट दिगभ्रमित छ । विश्वास लाग्दैन भने ‘छक्का पञ्जा- २’ हेर्नुस् ।
छक्का पञ्जा गरेर पैसा कमाउनका लागि बनाईएको झूर फिल्म हो- छक्का पञ्जा- २ । कथामा कुनै तयारी छैन । विषयवस्तुमाथि कुनै अध्ययन छैन । मिहिनेत पोलेर खाइएको छ । रथरुपी फिल्मका नट र पेचहरु हल्लिँदै र फुस्कँदै जान्छन् । ठाउँ कुठाउँमा रथ पल्टे पछि, पात्र लडेपछि हाँसो नलागे अरु के लाग्छ ? एउटा शैक्षिक परामर्श दाताको भूमिकामा माग्ने बूढालाई उभ्याइएको छ ।

प्रिय दीपक र दीपाजी, शैक्षिक परामर्श दाताको सँगत गर्नुस् एक पटक । उनीहरुलाई नजिकबाट नियाल्नुस् । उनीहरू जोकर होइनन् । उनीहरू करिअर काउन्सलर हुन् । उनीहरूलाई भेट्न विद्धार्थी अभिभावकको लाइन लाग्छ । उनीहरू विद्धार्थीलाई भेट्न कतै दौडी रहनु पर्दैन । शैक्षिक परामर्श दाताको काम सल्लाह दिने हो । एउटा विद्यार्थीको लागि विवाह गराउन पुरेत खोज्न आँफै घाटमा धाउने र गाविसमा घुस खुवाउन आँफै वडा कार्यालय पुग्ने त्यस्तो कुन परामर्श दाता देख्नु भयो यहाँले ? अध्ययन नै नगरी, रिसर्च नै नगरी थाहा नपाएको विषयमाथि फिल्म नै बनाई दिने ! हावा कथा बुनेर कुनै पनि पेशालाई तुच्छ र पेशाकर्मीलाई पंगु बनाउने यो कस्तो तरिका हो ?
अष्ट्रेलियामा अध्ययन गर्न चाहने बहानामा नक्कली बिहे गर्न खोज्ने जोडीको कथालाई समेट्न खोजिएको छ । अष्ट्रेलियाको भिसा प्याकेटमा आउँदैन । कुरियरबाट आएको प्याकेटबाट पासपोर्ट झिकेर भिसाको थाहा दिइँदैन । यो कुरा फिल्म मेकरलाई थाहा नभएको प्रष्ट देखिन्छ । कति हाँस्नु ? फिल्ममा कन्सल्टेन्सीको मान्छे पासपोर्टको पेज पल्टाउँदै गर्छ, नायिका राम् राम् भनेर फिंगर क्रस गरेर बसेकि हुन्छे । अष्ट्रेलियाको भिसा अप्लाई अनलाईनबाट हुने सिस्टम सुरु भएको वषौँ भयो । भिसा भए/नभएको इ-मेलमार्फत जानकारी आउँछ । पासपोर्टमा कुनै छापसमेत लगाइँदैन । तर जे हुँदै हुँदैन त्यही भएको देखाइएको छ । प्रक्रिया र पद्दतीको सामान्य ज्ञान पनि लिन चुकेको छ । मुख्य कथावस्तुको महत्वपूर्ण दृश्य/संवाद नै हावादारी छ । अब सोच्नुस् फिल्म कस्तो होला?

कागजी विवाह कागजकै लागि हो, वास्तविक होइन भनेर वकिल पात्र प्रियंकाले गरेको वकालत सबैभन्दा कमजोर छ । अदालतमा गरिने विवाह अदालतको लागि मात्र मात्र हुन्न, सामाजिक विवाह समाजको लागि हुँदैन, चर्चमा गरिने विवाह चर्चको लागि मात्र हुन्न । विवाह विवाह नै हो । अझ कागजमै विवाह भएको प्रमाण पेश भई सकेपछि अदालतले यसको निर्णय एउटै बहसमा टुंग्याउँछ, फिल्ममा जस्तो पटक पटक तारेख थप्दै जाँदैन । तर फिल्ममा बतासे बयान र काइते निर्णय पटक पटक गरेको देखाइएको छ । अझ दर्शकको कन्परो त्यो बेला तात्छ जब न्यायधिशले त्यो केसको जिम्मा प्रहरीलाई लगाउँछ । दीपकजी, तँपाई आँफू हिरो बन्नको लागि कथालाई जता पनि माडिदिने ? विवाहजस्तो पवित्र कार्यलाई चुरोटको खिल्ली बनाएर सल्काईएको, अदालतजस्तो संस्था र न्यायधिशजस्तो पेशालाई समेत खरानी बनाएर उडाइएको छ । मुख्य कथावस्तुमै चुकेको यो फिल्मको अन्य सहायक कथाका त्रुटीको त कुरै नगरौँ । नसुहाउँदो पात्र, अमिल्दो कथा र उरन्ठ्याउलो अभिनयले फिल्म पिँडालुको पेँडा बनेको छ । फिल्म फिल्म जस्तै हुनु पर्छ । यो टेलिसिरियलभन्दा माथि र कमेडी शोभन्दा फरक हुनु पर्छ । शैक्षिक परामर्श दातालाई खिल्ली उडाउन कस्सिएका दीपक/दीपाको टीमले सायद चिट चोरेर एसएलसी पास गरेको मान्छेलाई कथा लेख्न लगायो, मेट्रीकमा डबल फेल भएको मान्छेलाई क्यारेक्टर सेलेक्सन गर्न लगायो । निर्देशकको नाममात्रै छ, काम केही देखिँदैन । निर्देशक भन्ने कुनै मान्छे अलिकतीमात्रै एक्टिभ थियो भने फिल्म यस्तो विद्रुप बन्थेन । फिल्मको अर्को नाम हजमोला होइन । दर्शकले जे आउँछ, त्यो पचाउँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here