प्रचण्डले पहिलो पटक लगाए दशैंको टीका !

94

काठमाडौं – धर्मकर्ममा विश्वासन नगर्ने भन्दै विगत बर्षहरुका दशैंको टीका नलगाउने माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक दशैंको टीका लगाएका छन् ।

सामाजिक सञ्जालहरुमा प्रचण्ड र पत्नी सीता दाहालले दशैंको टीका जमरा लगाएका फोटोको चर्चा भएको छ । लाजिम्पाट स्थित निवासमा प्रचण्ड परिवारले दशैं मनाएको हो ।

शान्ति प्रक्रियामा आएपछिका विगत बर्षहरुमा प्रचण्ड दशैंमा टीका लगाएका थिएनन् । कम्युनिष्टहरु धर्मलाई अफिम भन्छन् । डा बाबुराम भट्टराइ लगायतका नेताहरुले विगत बर्षदेखि नै टीका लगाएपनि प्रचण्डले लगाएका थिएनन् ।

धर्मनिरपेक्षताको वकालतका नाममा हिन्दु धर्ममाथि वितिष्णा फैलाउने काम गरेको आरोप माओवादीमाथि लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here