ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

260

भक्तपुर : बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी शक्तिपीठमा मेला लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने सो शक्तिपीठको दर्शन र पूजाका लागि प्रत्येक वर्ष बडादशैँका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ ।

बडादशैँका दिन ब्रह्मायणी र नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति, र सम्वृद्धि मिल्छ भन्ने धार्मिक मान्यता छ । ब्रह्मायणी देवीको दर्शन र पूजा गर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका स्थानबाट भक्तजन आउँछन् ।

सुख, शान्ति, र मनोकांक्षा पूरा होस् भन्ने हेतुले कोही कोही भक्तजन आफ्नो घरदेखि ब्रह्मायणीसम्म घस्रेर आउने गर्छन् । बिहानैदेखि भक्तपुरको टोलटोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजा, धा“ बाजाका टोलीसमेत ब्रह्मायणी मन्दिर पुगेका छन् ।

आजको दिन महिषासुरको प्रतीक मानिने खःमेय् रा“गोलाई नवदुर्गासहितको देवगणले गएराति बध गरेपछि रा“गाको मासु प्रसादका रुपमा भक्तजनले लिएर जाने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here