माओवादीको दावी – तीन प्रदेशमा मुख्यमन्त्री !

104

रोल्पा – माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुनले प्रादेशिक चुनावमा आफ्नो पार्टीले सात प्रदेशमध्ये कम्तिमा तीनवटा प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने बताएका छन् । स्थानीय तहको चुनावमा पाएको मत संख्याको अनुपात अनुसार माओवादीले तीनवटा प्रदेशमा पाँचवर्ष नेतृत्व गर्ने उनले बताए ।

रोल्पा सदरमुकाम लिवाङमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नेता पुनले प्रदेश नम्बर २, ५ र ६ मा पहिलो सरकारको नेतृत्वमा माओवादीको दावी रहने बताएका हुन् । तीन प्रदेशको मुख्यमन्त्री दावी गरेपनि उनले चुनावका ठूदा दलसंगको तालमेलको सम्भावना अस्वीकार गरे ।

नेता पुनले कांगेस एमालेसँग नभए अन्य दलसंग चुनावी तालमेल हुने बताए । माओवादी नै पहिलो पार्टी बन्ने लाइनमै रहेकाले कोहीसँग तालमेल नहुने उनको टिप्पणी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here