राप्रपा कता जोडिएला ? छलफल दुवैतिर जारी –दिलनाथ गिरी

99

काठमाडौं । मंगलबार एकाएक नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच चुनावी तालमेल भएपछि कुन दल कोसंग जोडिने भन्ने होड चल्न थालेको छ ।

बाम तालमेलमा अरु बामपन्थी दललाई समेट्ने प्रयास भइरहेको छ भने नेपाली काँग्रेससंग प्रजातान्त्रिक धारका पार्टीहरु जोडिने सम्भावना छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा के गर्ला त ? राप्रपाका नेता दिलनाथ गिरी भने बिहिबारसम्म पार्टीले निर्णय लिने बताउँछन् ।

गिरीले काँग्रेस र एमाले दुवैतिर छलफल चलिरहेको बताएका छन् ।

उनले पार्टी आन्तरिक छलफलमा जुटिरहेको र संगसंगै दलहरुसंग पनि छलफल चलिरहेकाले बिहिबारभित्रै निर्णयमा पुग्ने बताए ।

राप्रपा अध्यक्ष कमल थापासंग काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका थिए ।

थापाले पार्टीको कार्यक्रममा संसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दलहरुबीच हुने धु्रवीकरणले राष्ट्रवादी शक्ति एकताबद्व हुने बताएका थिए । तर उनी कतातिर ढल्केलान् भनेर खुलाएनन् ।

थापा काँग्रेससंग भन्दा एमालेसंग नजिक छ ।

यही असोज २३ गते काठमाडौँ उपत्यकामा राप्रपाले हिन्दू राष्ट्रको पक्षमा विभिन्न कार्यक्रम गर्दैछ ।

तर धर्मलाई नै अफिमको संज्ञा दिने बामपन्थीसंग कमल थापाको पार्टी जाला त ? भन्ने प्रश्न पनि उठिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here