राजविराजबाट हतियारसहित यादव पक्राउ

82

राजविराज ।   सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियारसहित एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडा नं बस्ने ५४ वर्षीय लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल, सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

यादवले अवैधरुपमा हतियार घरमा लुकाई राख्ने र हतियार देखाएर स्थानीयलाई धम्काउने गरेको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा यादव सुत्ने कोठाको खाटमुनि प्लाष्टिकमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको उहाँले जानकारी दिनुभयो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here