चुनाव लड्न भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा

113

काठमाडौं– भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ ।  प्रतिनिधिसभाको आगामी चुनावमा कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा रहनुभएका उपाध्यायले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाउनुभएको हो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शुक्रबार राजदूत उपाध्यायको राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा लगेर बुझाउनुभएको छ । उहाँ कपिलवस्तु १ बाट कांग्रेसको उम्मेदवार बन्दै हुनुहुन्छ । सोही क्षेत्रबाट उहाँले संविधानसभा सदस्यमा पराजय भोग्नुभएको थियो ।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले उहाँलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । भारतका लागि नेपाली राजदूत हुँदा उपाध्यायले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने प्रयास गरेपछि उहाँलाई राजदूतबाट फिर्ता गरेको थियो । उपाध्यायले ओली नेतृत्वको सरकार ढाल्न भूमिका खेल्नुभएको थियो । कांग्रेस माओवादी गठबन्धन सरकार बनेपछि उहाँ फेरि राजदूत बन्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here