नयाँ शक्तिको सिंगो नगर समिति माओवादी केन्द्रमा समाहित

875

भक्तपुर : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल चाँगुनारायण नगरपालिका सिंगो समिति नै माओवादी केन्द्रमा समाहित भएको छ । नयाँ शक्ति भक्तपुरका चार उम्मेदवारसहित चाँगुनारायण नगरपालिका सिंगो समितिमा माओवादी केन्द्रमा समाहित भएको हो ।

नयाँ शक्तिका चाँगुनारायण नगर संयोजक कान्छा तामाङ्ग मुखिया लगायत  नयाँ शक्तिकी केन्द्रीय परिषद् सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र १ प्रदेश की  प्रत्यक्ष उम्मेदवार चण्डिका लामिछानेसहित पार्टीको चाँगु नगर संगठन कमिटी सिंगै माओवादी केन्द्रमा ध्रुवीकृत भएको हो ।

चाँगु नगर संगठन कमिटीका संयोजक कान्छा तामा मुखिया,केन्द्रीय परिषद् सदस्य लामिछाने,जिल्ला सदस्यद्वय शिवराज केसी, ध्रुवराज कार्की र युवा संगठनको केन्द्रीय परिषद् सदस्य सन्तोष अवाल,भक्तपुर क्याम्पास संयोजक बिजय तामाङ्गले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै देवेन्द्र पौडेल संयोजकत्वको बृहत ध्रुवीकरणमा समावेश भएको घोषणा गरेका हुन् ।

उनीहरुसँगै नयाँ शक्तिका ३६ भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरुले नयाँ शक्तिबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । ‘नयाँ शक्ति पार्टीबाट सामूहिक राजीनामा दिएर देवेन्द्र पौडेल संयोजकत्वमा बृहत ध्रुवीकृत भएका छौं’, नगर संयोजक तामाङले भने, ‘उक्त ध्रुवीकरणसँगै हामी माओवादी केन्द्रमा प्रवेश गरेका छौं ।’

संयोजक तामाङ नयाँ शक्ति भक्तपुरबाट मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । त्यस्तै जिल्ला सदस्यद्वय केसी र कार्की भने प्रदेशसभाको लागि समानुपातिक उम्मेदवारीमा सिफारिस भएको संयोजक तामाङले जानकारी दिए ।

उनले वैकल्पिक शक्तिको रुपमा स्थापित हुने आसमा बसेका नेता कार्यकर्ताहरुको मनोभावना नबुझेर अचानक वामपन्थी एकताको निर्णयले आफूहरु स्तब्ध भएको बताए । नयाँ शक्ति नेतृत्वले धोखा दिएकै कारण आफूहरु देवेन्द्र पौडेल संयोजकत्वमा बृहत ध्रुवीकरण हुने निष्कर्षमा पुगेको उनले जानकारी दिए ।

 देवेन्द्र पौडेलको संयोजकत्वमा बृहत धुर्विकरणमा धुर्विकृत हुने हरु निम्नानुसार रहेका छन् ।

१) कान्छा तामाङ्ग मुखिया चांगु नारायण नगर संयोजक के.प.स.

२) चण्डिका लामिछाने केन्द्रिय परिषद सदस्य

३) सन्तोष अवाल वडा संयोजक युवा के.प.स

४) नारायण पन्त वडा संयोजक कार्यकारी .जि.स. भक्तपुर

५) रमेश लामा वडा संयोजक .जि.स. भक्तपुर

६) अजय कुमार तामाङ्ग वडा संयोजक .जि.स. भक्तपुर

७) बिजय तामाङ्ग भक्तपुर क्याम्पस संयोजक .जि.स. भक्तपुर

८) माया देवी तामाङ्ग भक्तपुर क्याम्पस सह.संयोजक .जि.स. भक्तपुर

९) धुर्वराज कार्की कार्यकारी .जि.स. भक्तपुर

१०) शिवराज के.सी कार्यकारी .जि.स. भक्तपुर

११) गितादेवी मगर कार्यकारी .जि.स. भक्तपुर

१२) सुनिल तामाङ्ग युवा कार्यकारी .जि.स. भक्तपुर

१३) बलराम तामाङ्ग नगर सदस्य चाँगुनारायण

१४) बिदुर मंग्राती नगर सदस्य चाँगुनारायण

१५) पार्वती तामाङ्ग नगर सदस्य चाँगुनारायण

१६) सुकुमाया तामाङ्ग नगर सदस्य चाँगुनारायण

१७) राम कुमार भडेल नगर सदस्य चाँगुनारायण

१८) बिकास अवाल नगर सदस्य चाँगुनारायण

१९) विकेश अवाल नगर सदस्य चाँगुनारायण

२०) रोनिक अवाल नगर सदस्य चाँगुनारायण

२१) पार्वती अवाल नगर सदस्य चाँगुनारायण

२२) सविना अवाल नगर सदस्य चाँगुनारायण

२३) राजन लामिछाने नगर सदस्य चाँगुनारायण

२४) नीर बहादुर तामाङ्ग नगर सदस्य चाँगुनारायण

२५) राजेश तामाङ्ग नगर सदस्य चाँगुनारायण

२६) अन्जना तामाङ्ग नगर सदस्य चाँगुनारायण

२७) राज कुमार तामाङ्ग नगर सदस्य चाँगुनारायण

२८) युवराज तामाङ्ग नगर सदस्य चाँगुनारायण

२९) दिनेश तामाङ्ग नगर सदस्य चाँगुनारायण

३०) सुकुमाया तामाङ्ग नगर सदस्य चाँगुनारायण

३१) संगिता मिजार नगर सदस्य चाँगुनारायण

३२) पूर्ण मिजार नगर सदस्य चाँगुनारायण

३३) सुनसरी गुरुङ्ग नगर सदस्य चाँगुनारायण

३४) अमृता गुरुङ्ग नगर सदस्य चाँगुनारायण

३५) खासा माया तामाङ्ग नगर सदस्य चाँगुनारायण

३६) राजु श्रेष्ठ नगर सदस्य चाँगुनारायण

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here