पुन रातत्व विभागद्वारा रानीकोट दरवारको अवलोकन

141

भक्तपुर । पुरातत्व विभागले शुक्रवार भक्तपुरका सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित स्थित ऐतिहासिक मल्कालिन रानीकोट दरवारको अवलोकन गरेको छ । स्थानीय जनप्रतिनिधि र व्यवस्थापिका संसदाका सदस्यसहिको उस्थितिमा पुरातत्व विभागले उक्त सम्पदाको अबलोकन गरेको हो ।

मल्लकालमा निर्माण गरिएको उक्त रानीकोट दरवार भग्नाबशेषमा परिणत भए पनि रानीकोट गढी पर्यटकीय विकास संस्थाको पहलमा केही कामहरु भएका छन । उक्त क्षेत्र अवलोकन गर्दै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले रानीकोट दरवारलाई पुरातात्विक शैलीमा नै निर्माण गर्नका पुरातत्व विभागले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पुरातत्व विभागले एक वर्ष पुगेका सबै सम्पदाको संरक्षण गर्ने अभियान थालिएकाले रानीकोट गढीलाई पनि संरक्षणको सूचीभित्र राखिनेछ बताउनुभयो ।

यसअघि पुरातत्व विभागले नै उक्त दरवारको अवलोकन गरी माटो, इँटा र ढुँगा परिक्षण गर्ने विभागले जनाइएको छ । काभ्रे, भक्तपुर र ललितपुकोको संगम स्थलमा अवस्थित रानीकोट दरवार भक्तपुरको सूर्यविनायकबाट ७ किलोटिर दक्षिण भेगमा अवस्थित रहेको रानीकोट दवार मल्लकालमा निर्माण भएको जनाइएको छ ।

अवलोकनको क्रममा व्यवस्थापिका संसदका सदस्य केदार सञ्जेलले रानीकोट दरवारलाई पहिलाकै अवस्थामा पुनःनिर्माण गर्नका लागि आफूले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस दरवारको संरक्षणका लागि आफूले यसअघि पनि सहयोग गर्दै आएको भन्दै उहाँले यसक्षेत्रमा गुम्मा र पिकनिक स्पोर्ट निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

ऐतिहासिक सम्पदाको संरक्षण गर्न सबैको कर्तव्य भएको भन्दै सञ्जेलले दरवारलाई पुरातात्विक शैलीमा नै निर्माण गर्नका लागि तत्काल काम थाल्न स्थानीयहरुलाई आग्रह गर्नुभयो ।

रानीकोट गढी पर्यटकीय विकास संस्थाको पहलमा दरवारको तलको थुक्कोदेखि दरवारसम्म पुग्नका लागि गत चार वर्ष अगाडि पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा १४,०० सिँढी निर्माण भइसकेका छन ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले मल्कालीन रानीकोट दरवारलाई पुरातात्विक शैलीमा नै निर्माण गर्नका लागि नगरपालिकाले गुरुयोजना निर्माणका लागि बजेट बिनियोजन गरिसकेको जानकारी दिनुभयो । उहाँले यस क्षेत्र झाँडी सुधार गरी तत्काल जनश्रमदानद्वारा काम थाल्न स्थानीयलाई आग्रह गर्नुभयो ।

यस क्षेत्रमा जैबिक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा, खरायो दुम्सी बधेल, बट्टाई, लामापुछुरे चरा पंन्छी तथा जंगली जनावरहरुको संरक्षणका गर्नुपर्ने देखिन्छ । २०७२ वैशाखामा गएको भूकम्पले पानीको मुहान सुकेको र पुनः पानीका मुहान संक्षणका लागि बृक्षरोपण नियमति गर्नुपर्ने देखिएको छ ।

रानीकाटे दरवारको करिब दुई किलोमिटर उत्तरपूर्वमा डोलेश्वर महादेव (केदारनाथको शिर), आशपुरी, दक्षिण पश्चिमा अनन्तलिङ्गेश्वर महादेवम, पश्चियमा सूर्यविनायक गणेश मन्दिर दक्षिणमा फूलचोकी मन्दिर र ऐतिहासिक बाघ आकारको भैरबको मूर्ति रहेको रानीकोट गढी पर्यटकीय विकास संस्थाका अध्यक्ष लालबहादुर लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रानीकोट दवारको आसपासमा राष्ट्रिय प्राणी उद्यन, तत्तकालिन मल्कालमा रानीले नुहाउने कुवा, घ्याम्पे डाँडाँ, पाइलटबाबा आश्रम, लगायतका महत्वपूर्ण पर्यटकीय स्थान रहेका छन ।

साथै बिहान सूर्याेदय र साँझमा सूर्यास्तसमेत नजिकबाट नियाल्न सकिन्छ । यस क्षेत्रमा जैबिक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा, खरायो दुम्सी बधेल, बट्टाई, लामापुछुरे चरा पंन्छी तथा जंगली जनावरहरुको संरक्षणका गर्नुपर्ने भएको छ ।

गढी आसपासमा सार्वजनिक शौचालय, खानेपानी आरादायी विश्रामस्थल निर्माण गर्नुपर्ने, सो क्षेत्रमा रहेका सडक ग्रावेल गरी कालोपत्रे गर्नुपर्ने, पिकनिक स्पोटर्स भ्यू टावर निर्माण गर्नुपर्ने, सिँढीको दायाँबायाँ रेलिङ्ग निर्माण, गढी उत्खनन गरी प्राप्त वस्तुको संरक्षण गर्नुपर्ने, हरियाली वातवारणलाई यथावत राख्न लोपोन्मुख वनस्पतिको संरक्षण गर्नुपर्ने, टेलिफोन, बिजुली र इन्टरनेटको व्यवस्था गर्नुपर्ने, रानीकोट गढीका बारेमा प्रचारप्रसार गरी गर्नुपर्ने नेपालमै भएका महत्वपूर्ण गढी मध्ये रानीकोट गढी पनि एक भएकाले यसको संरक्षणमा सबै निकाय र सरोकारवालाहरु लाग्नुपर्ने संस्थाले जनाएको छ ।

विभागले अलोकनको क्रममा सूर्यविनायक नगरपालिका वडा ४ स्थित अन्तलिङ्गेश्वर महादेव मन्दिर, कृष्ण मन्दिर र वडा नं. ७ स्थित भिमसेन मन्दिरको पनि अवालोनक गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here