चाँगुनारायण नगरपालिकामा माटोको चलखेल स्थानिय निकाय मौन

1680

चाँगुनारायण । जग्गा प्लटिङ या अन्य नाम गरि भक्तपुरमा अवैध माटोको चलखेल कुनै नौलो बिषय होईन, । प्राकृतिक सन्तुलन उथल पुथल बनाउँदै अवैध माटो दहन एवं ओसार प्रसार हुँदा समेत स्थानिय निकाय कानमा तेल हाली बसेको पाईन्छ ।

माटोको दोहन जारी रहेको पछिल्लो समय अवैध रुपमा बिक्री गर्न लैजाँदै गरेका १६ वटा ट्रिपर प्रहरी नियन्त्रणमा परेपछि उजागर भएको छ । अझ त्यसमा अवैध रुपमा माटोको तस्करीमा रहेका सवारी साधन प्रहरीले छाडेपछि सबैको चासोको बिषय बनेको छ ।

कतै कर नतिरि माटो काठमाडौँतर्फ लाँदै गरेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको केहि दिनमा नै छाडिको छ ।

चाँगुनारायण नगरपालिकाले वडा नं ८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालय निर्माणका क्रममा ढिस्को खन्दा निक्लिएको माटो हाल प्रकृतिक सन्तुलन विचलन गर्नेहरुको लागि राम्रै कमाउको माध्यम समेत बनेको छ ।

माटो ब्यवस्थापनको स्विकृति पाएको कागज देखाउँदै नगरपालिकाको नै मिलेमत्तोमा भक्तपुरको माटो काठमाडौंसम्म लगेर आम्दानी गर्दै आएको स्थानियहरु बताउँछन् ।

विगतमा भएको सहमती अनुसार जिल्ला समन्वय समितिको अनुमति बिना माटो ओसारपसार गर्न नपाइने र माटो ओसारपसार गर्दा स्थानीय तहमा कर बुझाउनु पर्ने प्रावधानसमेत रहेता पनि यसको पालना भने भएको छैन ।

महेन्द्र ग्रामका पुर्व प्रअ हाल चाँगुनारायण नगरपालिकाका मेयरका रुपमा रहेका छन् उनको नै आडमा कतै कर नलिई उक्त स्थलको माटो निकासी पैठारी गरि विचौलियाहरुले मनग्य आम्दानी गरि रहेका छन् ।

प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले भने प्रहरीले नियन्त्रणमा लिएको माटो भक्तपुर जिल्ला भन्दा बाहिर लान नमिल्ने भएकाले नगरकोट निमार्ण सडक खण्डमा ब्यवस्थापन गरिएको जनाएका छन् ।

तर नियन्त्रण वाहिर रहेको माटो भने खुलेयाम रुपमा विना कर चलखेल भएको छ ।
उनले सरोकारवाला निकायबाट उक्त माटो भक्तपुरमै ब्यवस्थापन गर्ने निर्देशन आएपछि उक्त माटो सहितको सवारी छाडिएको बताए ।

स्थानिय तहमा जनप्रतिनिधि नहुँदा अवैध माटोको कारोवार मौलाएता पनि जनप्रतिनिधिहरुको आगमन पछि नियन्त्रण होला भनि आश गरेका भक्तपुरबासीको आशामा जनप्रतिनिधिको भूमिका कमाउ धन्दामा मात्र सिमित हुँदा निराशा छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here