चिठ्ठा कार्यक्रममा डीओ स्कुटी यसोधा गिरीलाई

174

भक्तपुर । घ्याम्पे डाँडा पर्यटन पूर्वाधार विकास संस्थाद्वारा शनिवार आयोजित चिठ्ठा कार्यक्रममा प्रथम पुरस्कार डीओ स्कुटी सुर्याविनायक नगरपालिका वडा नं. ७ का यसोधा गिरीलाई परेको छ । गिरीलाई प्रथमः पुरस्कारमा समाबेश गरिएको डिओ स्कुटी परेको हो ।

त्यस्तै दोस्रो पुरस्कारमा काभ्रे तिमाल गाउँपालिका पुनम लामालाई एलइडी टिभी परेको छ, तेस्रो पुरस्कार रेफ्रि जिरेटर सुर्यविनायक नगरपालिका वडा नं. ७ का प्रिन्सेस तामाङलाई परेको छ, त्यस्तै चौथो पुरस्कार काठमाडौंका देवीमाया तामाङलाई भ्याकुम क्लिनर परेको घ्याम्पे डाँडा पर्यटन पूर्वाधार विकास संस्थाका सचिव चित्रबहादुर लामाले जानकारी दिनुभयो ।

आउँदै गरेको तिहारको अवसरमा आयोजित चिठ्ठाको नतिजा सार्वजनिक गर्नुअघि बिहानदेखि साँझसम्म विभिन्न कलाकारहरुको सहभागितमा साँस्कृतिक कार्यक्रम आयोजना भएको गरिएको थियो ।
साँस्कृतिक कार्यक्रममा सहभागि कलाकारहरुमा तामाङ चलचित्रका नायक तथा खलनायक बिकु थोकर, प्रतिक ब्लोन, प्रयास दोङ, हावा लामा, हास्यकलाकार महादेव त्रिपाटी लगायत कलाकारहरुले दिनभर नै सहभागिहरुलाई नचाउनुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले घ्याम्पे डाँडा सूर्यविनायक नगपालिकाको प्रमुख पर्यटक गतव्यको केन्द्र भएको भन्दै यस क्षेत्रको विकासमा नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।
नगरपालिकाका वडा नं.७ का वडाध्क्ष रबीन्द्र सापकोटाले घ्याम्पे डाँडा र यस क्षेत्रको विकासका लागि वडाको सिफारिसमा नगरपालिकाले गुरुयोजना निर्माण गर्ने काम अगाडि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा आयोजक सदस्य दिलकुमार तामाङ, रमेश तामाङ र साजन लामा लगायत दर्जनौ सस्थाका सदस्हरुको भूमिका रहेको जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here