‘टाइगर जिन्दा है’ मा सलमानको खतरनाक सीन

109

काठमाडौं । सलमान खानको नयाँ सिनेमा ‘टाइगर जिन्दा है’ को रिलिजलाई लिएर उनका समर्थकहरु तिव्र प्रतिक्षामा छन् । सलमान खानको नयाँ सिनेमामा ‘टाइगर जिन्दा है’ को ट्रेलर आगामी नोभम्बर पहिलो साता रिलिज गरिने भएको छ ।

‘टाइगर जिन्दा है’ को टिमले आबुधाबी शहरका कयौं रमणीय स्थानमा मे ४ बाट ६५ दिनसम्म छायांकन गरेको थियो । छायांकनको सम्पूर्ण काम सकेर सिनेमा टिम यति बेला सम्पादनको काममा व्यस्त छ ।

सिनेमाको अन्त्यतिर एक खतरनाक एक्सन सिक्वेन्स राखिएको छ । उक्त सीनमा सलमान खान १० हजार राउण्ड गोलीबारीका बीच एक्सन दिइरहेको देख्न सकिने छ । यो सीन सलमानको जीन्दगीको सबैभन्दा खतरनाक सीन भएको बताइएको छ । ‘टाइगर जिन्दा है’ बाट सलमानका समर्थकहरुले धेरै ठूलो अपेक्षा राखेका छन् ।

अलि अब्बासले निर्देशन गरेको सिनेमामा सलमानलाई कैटरिना कैफले साथ दिइरहेकी छन् । कैटरिनाले ‘टाइगर जिन्दा है’ बाट ठूलो अपेक्षा राखेको प्रतिक्रिया दिइन् ।

सिनेमा हिट भए कैटरिनाको फिल्मी करियर अगाडि बढ्ने सम्भावना अत्याधिक छ ।

सिनेमा छायांकनका दौरान सलमान र कैटरिनाबीच फेरी सम्बन्धमा सुधार आएको थियो । दुई जनाबीच फेरी अफेयर सुरु हुन सक्ने अनुमान गरिएको छ । यशराज फिल्म्स्को प्रस्तुति ‘टाइगर जिन्दा है’ सिनेमा ‘एक था टाइगर’को सीक्वेल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here