​स्पेनले ‘कू’ गर्‍यो : क्याटलान नेता, बार्सिलोनामा लाखाैँ प्रदर्शनकारी सडकमा उत्रिए

332

 – स्पेन सरकारको क्षेत्रीय प्रशासनलाई निलम्बन गर्ने निर्णयलाई ’कू’ को रुपमा व्याख्या गर्दै क्याटलोनियाका नेताहरुले त्यसको निन्दा गरेका छन् ।

 

क्याटलान नेता कार्लस पुजमोनले स्पेनी राज्यले कू गरेको भन्दै क्याटलोनियाको अधिकारबारे लड्नका लागि अपिल गर्नुभएको हो ।

टेलिभिजनमार्फत गरिएको सम्बोधनमा पुजमोनले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयको कदमलाई स्पेनका अधिनायकवादी शासक जेनेरल फ्रान्सिस्को फ्र्याङ्को कदमसँग दाँज्नुभयो ।

उहाँले  क्याटलोनिया एउटा पुरानो युरोपेली राष्ट्र भएको र शान्तिपूर्ण र प्रजातान्त्रिक जनमतसंग्रहबाट आफ्नो भविष्यबारे निर्णय गर्नु अपराध नभएको बताउनुभएको बिबिसीले जनाएको छ । 

यसैबीच प्रधानमन्त्री राखोयले क्षेत्रीय सरकार र संसदलाई निलम्बन गर्ने र ताजा चुनाव गराउने आफ्ना योजना घोषणा गरेपछि राजधानी बार्सिलोनामा लाखौं मानिसहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । उहाँले स्वायत्ततालाई खत्तम गरेको नभइ कानुनी शासनलाई पुनस्थापित गरेको बताउनुभएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here