चुनाव सार्ने षड्यन्त्र नगर्न वाम गठवन्धनको चेतावनी

71

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले मंसिर १० र २१ का लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सार्ने षडयन्त्र भएको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् ।

बिहीवार राजधानीमा वाम गठवन्धनका दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै सर्वोच्च अदालतको आदेशलाई देखाएर चुनाव सार्ने गल्ती नगर्न चेतावनी दिएका हुन् ।

‘हामीले सरकार छाड्ने तयारी भएकै दिन निर्वाचन आयोगबाट संशय पैदा भएको छ है भन्ने सूचना आएर सरकारबाट बाहिरिने गरेका थियौ’ पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘सर्वोच्चको आदेशले चिसो पस्यो, त्यस्तो नहोस । निर्वाचन तोकिएको समयमै होस भन्नका लागि यो पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’

उनले चुनाव सारिए विगठित संसद पुनस्र्थापना गर्ने बताए । ‘संसदको आयु माघ ७ सम्म छ, चुनावी प्रकृया शुरु भएका कारण मात्र संसद स्थगन भएको हो । चुनाव सरे संसद फेरि व्यूतिन्छ ’ प्रचण्डले भने ।

पत्रकार सम्मेलनमा पहिला बोलेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोही कसैको अभिव्यक्तिले चुनाव प्रभावित नहुने बताए । ‘राजनीतिक दलसँगको सहमति मै निर्वाचन आयोगले दुईवटा मतपत्र छाप्ने निर्णय गरेको हो’ ओलीले भने,‘मतपत्र सम्बन्धमा सर्वोच्च अदालतले मागदावी भन्दा बढी व्याख्या गरेको छ ।’

अध्यक्ष ओलीले निर्वाचनको मिति सार्ने, कानून, राजनीतिक र नैतिक रुपले सम्भावना नभएको बताए । ओलीले मनोनयन समेत भइसकेको अबस्थामा निर्वाचनप्रति आशंका उत्पन्न गर्ने अभिव्यक्ति कतैबाट आउन नहुने बताए ।
ओलीले राजनीतिक दल र आयोगको निर्णयले दुईवटा मतपत्र छाप्ने निर्णय भएको स्मरण गरे ।
दुई दलले चार बुँदै संयुक्त विज्ञप्ती जारी गर्दै चुनाव तोकिएको समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here