वाम गठवन्धनले भक्तपुर १ मा बिजुक्छेलाई सघाउने

359

वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेको उम्मेद्वारीलाई समर्थन गर्ने भएको छ ।

एमाले र माओवादीको एकता संयोजन समितिको  शनिबार बसेको बैठकले १० स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेको थियो । त्यसमा बिजुक्क्षेलाई भक्तपुरमा समर्थन गर्ने सहमति भएको हो ।

संयोजन समितिका सदस्यसमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘हामीले १० ठाउँमा स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेका छौं, त्यसमध्ये भक्तपुरमा बिजुक्क्षेजीलाई हाम्रो समर्थन हुन्छ ।’ बिजुक्क्षेलाई चुनावी तालमेलका लागि वाम गठवन्धन र नेपाली कांग्रेस दुबै तर्फबाट आग्रह गरिएको भएपनि उहाँले कांग्रेससँग तालमेल गर्न नसकिने जवाफ दिनुभएको थियो । वाम गठवन्धनको प्रस्तावलाई पनि उहाँले स्विकार गर्नु भएको थिएन ।

भक्तपुर–१ मा मात्र प्रभाव सिमित भएका बिजुक्क्षेलाई वाम समर्थन नहुँदा निर्वाचन जित्न त्यति सहज थिएन । १ न. मा वाम तालमेलले समर्थन गर्ने भएपछि २ न. मा नेमकिपाले वाम गठबन्धनका उम्मेद्वारलाई समर्थन गर्ने संभावना छ । भक्तपुर २ मा २०७० मा भएको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो भने नेमकिपा दोश्रो र एमाले तेश्रो स्थानमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here