बालकृष्ण ढुंगेल कैदी नं ५७६ २०७५ जेठ १५ या असोज ३ मा छुट्नसक्ने

133

काठमाडौं।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याअभियोगमा सर्वस्वसहितजन्मकैद सजायपाएकामाओबादी नेतातथापुर्व सांसद वालकृष्ण ढुंगेललाईमंगलबार पक्राउगरि डिल्लीबजार कारागारको ‘ख’ब्लकमा राखिएको छ ।
कारागारमाउनीअन्तर्राष्ट्रिय कुख्यातअपराधीदाउदइब्राइमको नेपालस्थितव्यवसाय साझेदार मानिएकाउदय सेठ्ठीसंगै थुनामा छन् ।उदयअपहरण, फिरौतीलगायतकाफौजदारी मुद्धामा जेल परेकाहुन । त्यतिमात्रै नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ब्लकका जेलकानाइके टासी गुरुंगको आदेश मान्नुपर्छ । टासी पनिअपहरण मुद्धामा परी जेल सजाँय काटीरहेका कैदीहुन ।
ढुंगेलको कारगारमापहिलो रातभुईमै बित्नेछ ।उनले सुत्नकालागि अरु कैदीसरह खाट पाएका छैनन । वुधवार (आज) बाट भने उनले खाट पाउने कारागार श्रोतले बताएको छ । उनलाइ राखिएको ‘ख’ब्लकमा१ सय २७ कैदीबन्दीकालागिएकल र संयुक्त खाटको व्यवस्था छ । ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउननमिल्ने भएकोले मंगलबार उनीभूँईमै सुत्छन,’कारागार श्रोतले भन्यो ।
कारागारको‘क’ब्लकमाभने जग्गाव्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्धामा जेल परेकापुर्व प्रहरी महानिरीक्षकद्धयओमविक्रम राणा र हेम गुरुंगसहित ४ सय ४८ कैदी छन् ।
दुवैब्लकमागरि कारागारमा ५ सय ७५ जना कैदी रहेकोमा नेता ढुंगेल ५सय ७६औं कैदीहुन । त्यसो त मंगलबार नै केही कैदीले आफ्नो सजाय पुरा गरेर घर फर्केका छन भने केहीनयाँ कैदीथपिएको उनको यो नम्वर केहीतलमाथिभने हुनसक्नेछ ।
१० असार २०५५मा ढुंगेलको संलग्नतामाओखलढुंगाका श्रेष्ठको हत्या गरेको आरोप लागेपछि ओखलढुंगा जिल्लाअदालतले उनलाई २०६१ बैशाखमा दोषि प्रमाणित गरेको थियो ।
ज्यानमारेको अभियोगमा २० वर्ष कैद सजायँभोग्नुपर्नेमा ढुंगेललेमुद्धा फैसलाहुनुपुर्व र फैसलापछि समेत गरि ७वर्ष ६ महिना ८ दिनकारागार जीवनबिताइसकेकोले बाँकी १२ वर्ष ५ महिना २२ दिन जेलमा बस्नुपर्ने हुन्छ । तर कारागारको नियमअनुसार जेलमारहँदा‘आचरण राम्रो रहेको’भनीकारागार प्रशासनले सरकारलाई सिफारिस गरेमाउनको ६० प्रतिशत कैद माफ हुन्छ ।
यदित्यसो भयो भने ढुंगेल आगामी जेठ १५ गते गणतन्त्र दिवसमाया ढिलोमाअसोज ३ गते संविधानदिवसमाबाँकी ६० प्रतिशत कैद माफगरि रिहाहुने जेल प्रशासनको आंकलन छ ।
माओवादी द्धन्दकालका मुद्धा राजनैतिक मुद्धा भएको र शान्तिपकृयापछि त्यसप्रकारका सबै मुद्धा सत्य निरुपण तथा मेलमिलापआयोगबाट हलगर्नुपर्छ भन्ने मान्यता राख्दै आएको माओवादी केन्द्रले ढुंगेललाई आगामीवर्षको १५ जेठसम्म कारागरमै बस्न सुझाएको बताइन्छ ।
तर ढुंगेल जेलमा परेपछि माओवादीकाअन्य नेतालाई पनि सो नजिरको आधारमापक्राउगर्न सकिने हुनाले माओवादी केन्द्रले नेपालीकाग्रेस सरकारमार्फत उनलाई त्यसअघि नै छुटाउनसक्ने आधार पनि देखिएको राजनैतिकविश्लेषक बताउँछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here