जुनियर टेनिस खेलाडी तिमिल्सिना कजाकिस्तान प्रस्थान

124

भक्तपुर, । कजाकिस्तानमा हुने आईटीएफ एसियन जुनियर जेनिस टीम च्याम्पियनसीपमा भाग लिन जाने भक्तपुरका खेलाडी चिराग तिमिल्सिनालाई बिदाई गरिएको छ ।

भक्तपुर जिल्ला टेनिस संघले एक कार्यक्रम गरी तिमिल्सिनालाई बिदाइ गरेको हो । संघका सदस्य रविनारायण कायस्थ, प्रशिक्षक कृष्णगोविन्द कासुला र खेलाडीका अभिभावकले तिमिल्सिनालाई रातो टीका, फूलमाला र खादा ओढाएर बिदाई गरेका हुन् ।

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय टेनिसमा नेपाली जुनियर टोली पहिलोपटक सहभागी हुन लागेको हो । उक्त टोलीमा भक्तपुरका तिमिल्सिनासँगै आर्यन गिरी र आरभ हाडा टेनिसका कोच कृष्णराज घलेको नेतृत्वमा कजाकिस्तान जाँदै छ ।

नोभेम्बर ५ देखि ११ सम्म हुने उक्त च्याम्पियनसिपमा छनोट हुन नेपालको राष्ट्रिय टीमले भारतीय टीमलाई पराजित गरेको हो । गएको जेठमा नेपालमै भएको छनोट खेलमा नेपाली टीमले भारतले घरेलु कोर्टमै पन्छाएको हो ।
कजाकिस्तानमा हुने च्याम्पियनशीपको लागि आर्यन र आरभले संयुक्त राज्य अमेरिकामा बन्द प्रशिक्षणसमेत लिएका छन् । त्यस्तै तिमिल्सिनाले सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाली कोच घले र प्रशिक्षक कासुलाबाट नियमित प्रशिक्षण र अभ्यास गरेका छन् ।

टेनिसका जुनियर खेलाडीहरुमा तिमिल्सिना एसियामै आठौं स्थानमा रहेकाले कजाकिस्तानमा हुने च्याम्पियनसीपमा नेपाली टीमले पदक ल्याउने सम्भावना रहेको प्रशिक्षक कासुलाले बताए ।
त्यस्तै काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलको कक्षा ८ अध्ययनरत खेलाडी तिमिल्सिनाले भारतलाई हराएर च्याम्पियनसीपमा छनोट भएको आधारमा पदकको आशा गर्न सकिने प्रतिक्रिया दिए ।
भक्तपुर जिल्ला टेनिस संघका अध्यक्ष रविनारायण कायस्थले संघ तथा खेलाडीले आफ्नो व्यक्तिगत प्रयासमै एसियन च्याम्पियनसीपमा छनोट हुँदा पनि सरकार पक्षबाट कुनै प्रोत्साहन नमिलेको गुनासो गरे ।
देशको झण्डामुनि खेल्ने खेलाडीलाई सरकारले नहेरेसम्म खेल र खेलाडीको विकास नहुने उनको भनाइ थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here