‘केवलकार चढेर जब दृष्टिवीहिन मनकामना पुगे’

139

बलराम प्यासी

काठमाडौं । जिव्रो नहुनेले खाने कुराको स्वाद कसरी लिन्छ होला ? मन या मष्तिष्कबाट ? सर्वसाधारणले सोच्ने यही हो । त्यस्तै दृष्टिवीहिनहरुले नयाँ ठाउँ र कुनै वस्तु या सुन्दरीकोे सुन्दरताको मुल्यांकन कसरी गर्ला ? पक्कैपनि भन्न गाह्रो हुन्छ ।

तर त्यसो भन्दैमा दृष्टिवीहिनलाई नयाँ ठाउँ देखाउनु या नयाँ सामान किनीदिनु पर्दैन भनेर कसैले भन्छ भने त्यो दृष्टिवीहिनका लागि सरासर अन्याय हुन्छ । साधारण व्यक्तिले जस्तै दृष्टिवीहिनले वाहिरी नजरले देख्न नसकेपनि भित्री नजर अर्थात आत्माले भने आफुले चाहेको ठाउँको दृष्यावलोकन गर्दै त्यसमा ऊ रमाउन सक्छ भन्ने कुरा प्रमाणित भएको छ ।

एकदर्जन दृष्टिवीहिन व्यक्तिले शनिबार गोरखा जिल्लाको प्रशिद्ध मनकामना मन्दीरको दर्शन मात्रै गरेनन, केवलकार चढेर त्यसको आनन्द समेत लिन भ्याए । ‘केवलकार चढ्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे ।

त्यतिमात्रै होइन, केवलकार चढेर सेतो छडीको सहायतामा मनकामना मन्दीरको दर्शन गर्न पाएपछि उनीहरुले आफ्नो जीवनको सबैभन्दा खुसी पाएको बताउँदै निकै नाचगान समेत गरेको’ उनीहरुलाई मनकामना लैजाने टोलीकी संयोजक प्रेमसुन्दरी श्रेष्ठले भनीन ।

टोलीमा १९ देखि ४० वर्षसम्मका १२ जना दृष्टिवीहिन, २ जना शारिरीक अपांग, केही सुस्तमनःस्थिति भएका व्यक्ति समेत सामेल थिए । मन्दीर दर्शन गरेर फर्केपछि उनीहरुलाई आफुसंगै लगेको खानेकुरा पकाएर खुवाइएको थियो ।

‘मनकामना जाने कति दृष्टिवीहिनको त भाकल नै रहेको पायौं’ उनले भनीन । मन्दीरको दर्शन गरेपछि उनीहरु नाचनाग गर्दै रमाएनन मात्रै धेरै अघिदेखि मनकामना मन्दीर जाने आफ्नो भाकल समेत पुरा भएकोमा उनीहरु निकै खुसी भए ।

धुप बनाउनका लागि आवश्यक पर्ने काँचो धागो डल्लो बनाउने रोजगार दिएकी स्थानीय युवा समाजसेवी प्रेमसुन्दरी श्रेष्ठसहितको टोलीमा ठिमीदेखि नै रिजर्भ गरेको बसमा चढेर केवलकार चढ्दै मनकामना दर्शन गर्न पुगेका थिए ।

ती दृष्टिवीहिन सानोठिमी क्याम्पसमा ब्रेल लिपीबाट विभिन्न विषय अध्ययन गरी मध्यपुर ठिमीको द्विगुटोलमा तीनै प्रेमसुन्दरी श्रेष्ठको कारखानामा रोजगारी गर्दै आएका छन् । उनीहरु मध्यपुर ठिमीकै वहाखावजार र सानोठिमी लगायतका क्षेत्रमा बस्दै आएका छन् ।

‘मासिक तलवबाट एकसय रुपैयाँ कटाउने शर्तमा उनीहरुबाट केवलकार र बसको भाडा गरि जनही ८ सय २० रुपैयाँ उधारोमा लगेका हौं’ रोजगारदाता श्रेष्ठले भनीन् । ‘अरु खर्चको साथै खानपीनको व्यवस्था हामीले आफैं गरयौंं’ उनले भनीन । धुप बनाउने वत्तिको लागि आवश्यक पर्ने काँचो धागो डल्लो पारेर उनीहरु अहिले दैनिक २ सय ५० रुपैया कमाइरहेका छन् ।

शनिबारको दिन बढी भीड हुने केवलकारमा दृष्टीविहीन, अपांग र सुस्तमनस्थिति भएका व्यक्तिलाई लाममा समेत नराखी मनकामना दर्शन प्रालिले केवलकारको टिकटमा ५० प्रतिशत छुट दिएको थियो भने मनकामना मन्दीरमा दर्शन गर्न उनीहरुलाई लाइन बस्नु परेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here