निर्वाचनको समाचार संकलनका लागि पत्रकारलाई विशेष पासको व्यबस्था छैनः आयोग

135

काठमाडौं, मंसिर- मंंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान तथा मतगणनाको समाचार सङ्कलन तथा छायाङ्कनका लागि विशेष पासको व्यवस्था नभएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा जस्तै मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि सबै समाचार माध्यमका पत्रकार/फोटोपत्रकारहरूले सूचना विभागबाट जारी पत्रकार परिचयपत्रको आधारमा मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान तथा मतगणना हुने दिनहरुमा सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here