शहरी बालअधिकार सम्वन्धि राष्ट्रिय सम्मेलन सम्पन्न

84

काठमाण्डौ । अन्तराष्ट्रिय बालअधिकार दिवशको अवसरमा बालविकास समाज र शहरी बालअधिकार मञ्चको आयोजनामा शहरी बाल अधिकार सम्वन्धि राष्ट्रिय सम्मेलन काठमाडौको पार्क भिजेल रिसोर्टमा १५ बुँदे घोषणा पत्रजारी गर्दै सम्पन्नभएको छ ।

सेभ द चिल्ड्रेन तथा आइसेट नेपालको सहयोगमा संचालन भएको उक्त कार्यक्रममा नेपालका सातवटै प्रदेशको प्रतिनिधिहरु, ६ वटै महानगरपालिका तथा बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु र नीजि क्षेत्रको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रम दुई चरणमा संचालन भएको थियो ।
उद्घाटन सत्र बाल विकास समाजका अध्यक्ष सुवास गौतमको अध्यक्षता तथा प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नागरीक समाज, शहरी विकास मन्त्रालय तथा केन्द्रिय बाल कल्याण समितिको उपस्थिति रहेको थियो , भने ५ वटा विषयगत सवालहरुमा प्रस्तुतीका साथै प्यानल सहितको अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा बाल अधिकार तथा बाल मैत्री शासन, बाल संरक्षण, स्वास्थ्य तथा सरसफाई, शिक्षा र बालबालिका र प्रकोपको विषयमा कार्यपत्र प्रस्तुतीर छलफल गरिएकोे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here