विवेकको मत

64

प्रकाश कुमार कार्की

सम्झना छ, विरगणेशमान सिंहले भन्नुभएको ‘नेपाली जनता भेडा हुन् ।’ त्यो किन र के कारणले उहाँले भन्नुभएको त्यो चाँहि थाहा भएन तर भन्नुभएको थियो । के हामी साँच्चिकै भेडा हौं त ? यदी हामी भेडा हौं भने भेडाबाट एक विवेकशील मान्छे बन्न कहिले सकौंला ? के आगामी निर्वाचनले साँच्चिकै नयाँ आशाहरु हामी माझ जगाउँला त ? आज यो प्रश्नको उत्तरले आम नेपालीको मनमा एउटा नयाँ तरङ्ग बनी विजारोपण गरेको छ । नयाँ रुप, नयाँ मानिएको प्रदेशको र संघको यो चुनाव नेपालमा नै पहिलो पटक अबलम्बन गरिएको छ । यो दिर्घकालीन उपयोगी हुन्छ कि फेरी पनि उत्तर र दक्षिणको अभ्यासमा गरिएको एउटा गोटी, त्यो पनि नेपाललाई प्रयोगशाला मानी उत्तर र दक्षिणले आफ्नो सीमित स्वार्थ परिपूर्ति गर्ने नाममा हुन्छ । नेपाल नेपालीको नाउँमा कयौं पटक दल वा राजनीतिक नेतृत्वबाट एतिहासिक परिवर्तनको आभास दिलाए । अब नेपालमा शान्ति, राजनीतिक स्थायित्व अनि नेपाल समृद्धिको बाटोतिर लम्कँदै नेपालले विश्वमाझ एक दरिलो पहिचान स्थापना गर्छ भन्दै पटक–पटक कयौं व्यवस्था हामी नेपाली जनताले दलको इसारामा परिवर्तन ग¥यौं । तर कयौं व्यवस्था परिवर्तन गरे पनि नेपालको अवस्था अनि नेपालीको जीवनशैलीमा खासै परिर्वतन भने बटुल्न सकेन । कारण थियो, परिवर्तित व्यवस्थाका उही पूराना पात्र अनि उही पुराना प्रवृत्ति मात्र नयाँ नाउँमा । विश्वको कुनै पनि ठाउँमा परिर्वतन हुन्छ र परिर्वतनको नाउँमा कयौं आन्दोलन गरिन्छ । पक्कै पनि कुनैपनि परिवर्तन र आन्दोलनले नकारात्मक दुष्टिकोण बोकेको हुँदैन । सामाजिक आर्थिक रुपान्तरणतर्फ मुलक अगाडि जानुपर्ने बेला जुन समयले मानिसलाई परिवर्तनको आवास दिलाउँछ । सकारात्मक मूल्य र मान्यताको लागि सकारात्मक दृष्टिकोण बोकी समाजमा परिर्वतन हुन्छ । नेपालमा पनि राष्ट्रको स्वाधिनता जोगाउन नेपाल राष्ट्रलाई, शान्ति र समृद्धि बनाउने नाउँमा कयौं परिर्वतन भए कयौं व्यवस्था उलटपलट भए तर नेपालमा भएको जति पनि परिर्वतनले राष्ट्र र जनताको हितमा भन्दा पनि राष्ट्र र जनताको हित विपरीतमा पटक पटक ती परिर्वतनले वकालत ग¥यौं भने विदेशी विशेष गरी उत्तर र दक्षिणको लौरोको रुपमा आफैलाई उभ्यायो । सुन्नमा र विभिन्न पत्रपत्रिका प्रकाशित लेख रचनाका आधारमा बोल्ने हो । भने २००७ सालको क्रान्तिमा नेपालमा प्रजातन्त्र स्थापनाको लागि विदेशीले नै महत्वपूर्ण भूमिका खेलेका थिए । जसको मुलभूत उद्देश्य नेपालमा प्रजातन्त्रको स्थापना पश्चात नेपालको स्वाधीनता माथि प्रत्यक्ष खेलवाड गर्नु थियो । परिर्वतन र आन्दोलनको कुरा गर्ने नै हो भनी २०४६ सालको आन्दोलनमा यी विदेशी शाक्तिको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भूमिका रहेको थियो । तर राष्ट्रियता र प्रजातन्त्रको पूर्ण स्थापना र दिगो विकासमा सम्पूर्ण नेपाली शक्तिहरुको एकताकै कारण विदेशी शक्तिको कयौं प्रयासलाई विफल तु¥याउन सकेका थिए नेपाली जनताले जुन सकारात्मक परिर्वतनको नाउँमा सकारात्मक उपलब्ध लक्ष्य थियो । पटक–पटकको विदेशी मित्रहरु यस देशमा खेलबाड गर्न नखोजिएको चाहि होइन तर जब धर्मनिरपेक्ष जातिय राज्य अनि संघीयता जस्ता विदेशी नारालाई स्थापित गरि विदेशी इसारामा पद र पैसाको पछि लागेर नेपाली भूमिका नेपाली भएर विदेशी बोली बोली नेपाली स्वाधीनतालाई मिच्याएर नेपाली जनताको भविष्यमाथि ठूलो खेलबाड गरेका यी दलका नेतृत्वमाथि वर्तमानमा ठूलो आरोप लागेको छ ।

राजनीतिक अस्थिरताको कुरा आजका दिन सम्म पनि सम्झिदा पनि अत्यास लाग्छ । २०७० साल यता वितेका ३÷४ वर्षलाई हामीले हेर्ने हो भनि यो देशले योग्यता विहिन प्रधानमन्त्री त्यो पनि मौसम परिर्वतन भए सरि परिर्वतन हुने नयाँ प्रधानमन्त्री अनि अनगन्ती मन्त्रीहरु अनि कयौं, राजनीतिक व्यक्तिका, इष्टमित्र, आफन्त जनको राजनीतिक नियुक्ति सिवाय यो देशले यो ४ वर्षको अवधिमा खासै केहि पाएको छैन । खैर नेपाली जनताको यी प्रधानमन्त्री, मन्त्री अनि राजनीतिक नियुक्ती पाएका पात्रबाट अब त केही होला भनी आशा नै मारिरहेका थिए । तैपनि मनका एक कुनामा भने नेपाली जनताले आशा अनि नयाँ नेपालको सम्भावनाको दियो बाले तर त्यो दियो वास्तवमा नै तेलविहिन बालिएको प्रमाणित यी पात्रहरुले गरि दिएका छन् । वर्तमानमा आएर मुलक अनि मुलकका राजनीतिक दलका पात्रहरु उही पुरानो गतिहिनता र सत्ता स्वार्थमा निरन्तरतमा फस्यो वा फसाइयो । यसले नेपाली जनतामा पलाएको केही मात्रमा भएपनि सकारात्मक क्रम भागलाई नै सदाको लागि भगं गराइयौं भनी अझ रोचक कुरा त के भयो भनी पञ्चायत गणतन्त्र विरुद्धको आन्दोलन दबाउने आज गणतन्त्रका सत्ता साझेदार बनेका छन् । यसरी मूलकको राजनीतिक पात्र तिनै, प्रवृत्ति तिनै र तिनीहरुको प्रयोगको दबदबामा सीमित रह्न पुग्यो, नेपाल अनि नेपाली जनता विगत ५ दशक अघि देखि वर्तमान सम्म । हरेक परिवर्तनलाई एक एतिहासिक गन्तव्यसम्म पु¥याएका नेपाली जनताले आफ्नो जीवन अनि रगतको होलीबाट कयौं जेल नेल र कयौं दिनको सकसपूर्ण सडक संघर्षबाट ल्याएका उपलब्धीहरुलाई राजनीतिक नेतृत्वले यति कमजोर बनाइदियो कि, अब फेरि सडकमा नेपाली जनतालाई उभ्याएर नयाँ नेपाल अनि उनीहरुको भविष्यको कल्पना गर्ने आशा नै रहेन ।

वास्तवमा नै भन्नुपर्दा भ्खभचथतजष्लन ष्क ाबष्च ष्ल उयष्तिष्अभ हुँदो रहेछ । सबै कुरा न्यायचूत हुँदोरहेछ राजनीतिकमा । राजनीतिक दलका नेता भन्नेहरुले जे गरे पनि हुने अनि अन्तिममा, नेपाली जनताले चाहेका र उनीहरुको म्यान्डेट अनुसार यो ढाँचा वा कार्यविधि अवलम्बन गरिएको भनेर नेतृत्वले भन्दा चाहि वास्तवमा नै नेपाली जनताले ती नेतृत्वले कसलाई यकिन गर्न खोजिएको हो, त्यो प्रश्नको उत्तरले वास्तवमा नै नेपाली जनतालाई सशंकित गरिरिएको छ बेला–बेलामा । सामान्य परिवार त एउटा अनुशासन वा परिवारको विधिमा चलेको हुन्छ । जसले गर्दा परिवारमा शान्ति सधैं रहिरहेका हुन्छ । तर वर्तमान राजनीतिक दल वा नेतृत्वमा कुनै अनुशासनको नियम नै लागु हुँदैन । भनी आफूलाई लोकतन्त्र र गणतन्त्रका रक्षक भनौदा राजनीतिक दलहरु आज विधि र विधानका भक्षक रुपमा स्थापित भएका छन् र त्यो कुराबाट नेपाली जनता अनि आम राजनीतिक लागेका स–साना देखि जिल्ला सम्मको कार्यकर्तामा यो कुरो राम्रोसँग चेतना नभएको चाहि पक्कै होइन । तर के हुन्न पुग्छ कताबाट त्यो चाहि थाहा भएन तर झुट हो, त्यो एक ठग अनि भ्रष्टाचारी हो भनि जाँदाजाँदै चाहि उही व्यक्तिबाट हामी ठगिन पुग्छौं पटक–पटक कारण पक्कै गणेशमान सिंहज्यूले भनेको कुरामा स्मरण गराउन चाहन्छु । अनि प्रतिनिधि सभाको चुनाव अगावै बाम गठबन्धन र चुनाव पछिको पार्टी एकताको विषयलाई पनि धोरै नेपालीहरुले धेरै तरिकाबाट हारेका छन् भनी कति पक्षले यो गठबन्धन भ्रम हो भनी मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय व्यवस्थालाई १० वर्ष सशस्त्र जनयुद्धका महानायक प्रचण्डले यति सजिलै स्वीकार्छन् त ? भनी कतिपयले १० वर्ष सशस्त्र जनयुद्ध र त्यसको कारणले १७ हजार जनताको बलिदान अनि २० वर्ष पछाडि धकेलिएको नेपालको विकास के यति सजिलै एमालेले स्वीकार्लान् त ? जस्ता प्रश्नको उत्तरले शंकाको डेरा नेपाली मष्तिकमा जमाएको छ । यो शंकाको कारणले नै भविष्यममा पार्टी एकताको सम्भावना एकदमै न्यून देख्छन् नेपाली जनताहरु । भनी कतिपयले यो एकदमै सकारात्मक निर्णय हो । यो स्वागत योग्य निर्णय नै दिगो नेपाल र समृद्धिको नेपालको पुल भनि परिभाषित गरेका छन् । उता लोकतन्त्रवादी गठबन्धनका नेतृत्वहरुले आफ्नो गठबन्धन र उम्मेदवारी लोकतन्त्रको रक्षाको लागि र यो कम्युनिष्ट गठबन्धनलाई अधिनायकबादको संज्ञा दिएका छन् । खैर जे होस् दुई गठबन्धन चाहे त्यो बामठबन्धन होस् या लोकतन्त्रबादी गठबन्धन यदि यो दक्षिण र उत्तरको इसारामा नभएको हो भने पक्कै पनि नेपालले केही समय लामो संकटकालको सामना गर्नुपर्ने देखिन्छ । र, पक्कै पनि पछि नेपाल समृद्धिको अभियानतर्फ अभिप्रेरित हुनेछ । कतिपयले यो गठबन्धनमा उत्तरको इसारामा भएको हो भने नेपालमा विकास र समृद्धिको केही लामो वर्षको कल्पना गर्न सकिन्छ । तर दक्षिणको इसारामा भएको हो भने बहुमतीय सरकार अनि उही पुरानो व्यवस्थामा मुलक लम्कँदै राजनीतिक अस्थिरता यथावत रह्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

हामी सबैलाई अवगत भएकै कुरा हो । लोकतन्त्रको शर्त निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग सरकारको निरीह छाँया बनेका उदाहरण हामीले २०७३ को स्थानीय चुनावको केही अंशबाट छताछुल्ल भएको छौं भनी भागबण्डाको राजनीति र परिवार मोहको राजनीतिले लोकतन्त्रमाथि पटक–पटक खुलेआम धावा बोलिरहेको थियो । लोकतन्त्रको पहिलो सर्त स्वतन्त्र, निष्पक्ष र विश्वास युक्त निर्वाचन हो । नेपालमा यो स्वतन्त्र, निष्पक्ष र विश्वासयुक्त बनाउने जिम्मेवारी निर्वाचन आयोगको र नेपालमा यसको जिम्मेवारी निर्वाचन आयोगले बोकेको छ । तर स्थानीय चुनाव, प्रदेश अनि प्रतिनिधि सभाको तयारीमा निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयन गराउन सकेको छैन । सबैभन्दा दुःख लाग्दो कुरा त सरकारले नै पटक–पटक आचार संहिताको उल्लंघन गरिरहेको देख्दा पनि निर्वाचन आयोग मौन भएर हेरिरहेको छ । यस्तो अवस्थामा के यो देशको निर्वाचनबाट निर्वाचित व्यक्ति नै यिनै हुन् भनेर विश्वास गर्ने आधार खासै नभएकोमा नेपाली जनतामा छंर्लङ्ग छ ।

वास्तवमा नै भन्नुपर्दा भागवण्डाको मनपरि खेलले लोकतन्त्रलाई यति खतरा भएको छ त्यो सबैले राम्रो संग बुझेका छन् । त्यहि पनि शक्ति साझेदारीमा आफुलाई पु¥याउन राजनीतिक नेतृत्वका व्यक्तिहरुले खुलेआम लोकतन्त्रको हत्या गर्ने प्रयास पटकपटक गरिएको उदाहरण नसुनेका र नदेखिएको होइनौं । शक्तिमा पु¥याउन आफुलाई यी नेतृत्वले लोकतन्त्र र नेपाली जनता एकअर्काबीच पयार्यवाची हुन् भन्दै भाषण गर्दै आउँछन् अनि चुनाव जितेर निर्वाचित भएपछि लोकतन्त्रलाई सुलीमा राखि खुलेआम हत्या गर्ने व्यक्ति यिनै हुन्छन् । अनि शान्ति, सुन्दर र समृद्धि नेपालको हामी कसरी कल्पना गर्न सक्छौं । लोकतन्त्रको सुन्दर पक्ष के हो भनी यो प्रणालीमा नागरिकले राष्ट्रको प्रगति र आफ्नो जीवन समृद्धि बनाउने वैकल्पिक प्रस्तावना बीच छलफल गर्न पाउँछन् । वास्तविक चुनाव तिनै प्रस्तावना बीच हुने हो, तर कैयौं पटक आजिर र उहि पुराना पात्रबाट थकित नेपाली जनतामाझ उहि पुराना प्रस्तावनाहरु अघि सारेको अवस्थामा नेपाली जनतामाझ निराशाको विकल्प बाहेक केहि बाँकी छैन । पटक–पटक २००७ साल यता नेपाली जनताले धेरै चुनाव भाग लिइसकेका छन् । यस दौरानमा नेपाली जनताबाट राजनीतिक दलका प्रतिनिधि उम्मेदवारहरुले वैचारिक र नेपाली जनताका भविष्यका समृद्धिका योजना बोकेर आउँछन् भने आशा गरेका हुन्छन् तर पटकपटक निर्वाचनमा विचार अनि समृद्धिको योजनालाई थाँती राखी प्रतिस्पर्धी उम्मेदवारहरुले खाली पैसा, पहलवानी प्रभुत्वमा आधारित योजना बोकेर आउँछन् । सिंगो नेपाली समाजले पटकपटक राजनीतिक दल र तिनका नेताहरुलाई यति सरापिरहेका हुन्छन् त्यो सायद थोरै नेतृत्वले मात्र चिन्तन गरेका होलान् । नेपालको संसदलाई पनि विश्वास नबनाएको नेताहरुले लोकतन्त्रको महत्वपूर्ण मन्दिर वा संस्था सदन वृहत जनहितमा भन्दा पनि सीमित व्यक्तिको स्वार्थमा कैद भएको नेपाली जनताले राम्रो संग मनन नगरेको होइनन् । स्थानीय चुनावपछि स्थानीय स्तरमा गगन चुम्मी परिर्वतनको आभास गरेका थिए नेपाली मन मष्तिकले । एक वर्ष बितिसक्दा पनि तर खासै प्रसशंनीय कार्य वा परिवर्तनको आभास भने गर्न सकेका छैनन् । अबको प्रदेश वा संघको चुनावबाट निर्वाचित भएर आउने व्यक्तिबाट पनि खासै परिर्वतन र समृद्धिको आशा नेपाली जनतामा झिँगो पनि पलाएका छैनन् । वास्तवमा नै भन्नु पर्दा नेपाली समाजले एउटा यस्तो राजनीतिक शक्तिको परिकल्पना गरेका छन् कि जसले नेपाललाई भ्रष्ट्रमुक्त गरि समृद्धितिर उन्मुख गरिदियोस् । नेपाली मन मष्तिकको विचारलाई बुझोस् तर यिनै पुराना दल अनि पात्रबाट खासै आशा छैन । लाग्छ त्यो सम्भवतः साविक नै हुनेछ भविष्यमा । आशा र नयाँ समृद्धिको विचार बोकेर आएको छ पुराना शक्तिशाली राजनीतिक दलको माझमा केही सानातिना आशाका दलहरु । तर विचार अनि समृद्धि बोक्दाबोक्दै पनि योग्यता नपुगेकाले र राम्रो उम्मेदवारको अभावले गर्दा देशको सबै ठाउँमा उम्मेदवारी दिन नसकेपनि काठमाडौंमा भने ति साना तिना नयाँ दलहरुले भने केहि आशा काठमाडौं बासीमा पक्कै पलाइदिएका छन् । यो आशा पक्कै पनि समृद्धिको अभियानतिर लम्कन्छ कि निराशामा त्यो त चुनावीय परिणामबाट प्रष्ट हुनेछ । भागवण्डाले दुषित राजनीतिलाई आगामी चुनावलाई परिवर्तन गरोस् र नेपाललाई समृद्धिको अभियानतिर लगोस् यही नै शुभकामना छ राजनीतिक दललाई र तिनका प्रतिस्पर्धी उम्मेदवारहरुलाई । यसपाली नेपाली जनता भेडा नभई नेपाली जनताले चुनाव अघि घोषणा पत्रको न्यूनतम फरक सन्देशको तुलनात्मक मुल्यांकन गरि मत दिने संस्कार विकास गर्नेछन् भन्ने आशा व्यक्त गरेको छु ।

जे–जस्तो होस् सामान्य मतदाताले यतिका धेरै गहिराई सम्म बुझ्न अनि पुग्न सक्दैन उनीहरुको लागि अनि सामान्य जनताका लागि । यो निर्वाचन एउटा आशाको दियो बनि आएको छ । अनि उनीहरु यी पुराना राजनीतिक दलका नेतृत्वप्रति पनि नजिकबाट चिरपरिचित रहेका छन् र तिनका आश्वासनयुक्त नारा अनि घोषणा पत्रबाट पनि । अब नेपाली जनताले फेरि एकचोटी गलत पात्र र गलत पार्टीलाई मतदान गरेर नेतृत्वमा पु¥याउनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो भनी कहिले पराधिन नभएको यो मुलुकलाई पराधिन बनाउनु सिवाय केही हुनेछैन । देशमा भइरहेको विदेशी चलखेलको अन्त्यको लागि र राष्ट्रिय स्वाधीनताको रक्षाको लागि यसपालिको मतदान विवेकको मतदान हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here