चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई तलबभत्ताको हतारो जनताको मतको उडाइयो खिल्ली

434

भक्तपुर । स्थानीय तहको निर्वाचन भएको छ महिना पुगिसक्दा पनि स्थानिय तह सञ्चाल ऐन बनाउन नसक्नु र स्थानीय तहका जनप्रतिनिधिहरुको निम्नतम तलब सुविधा तोक्न नसक्नु स्थानिय सरकारको कमजोरी हो । तर सरकारले कानुन नबनाउँदै आफैले तलव भक्त तोकर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिमरुले निर्वाचन तलवभक्तका लागी नै जितेको प्रस्टाएका छन् ।

स्रोतका अनुसार चाँगुनारायण नगरपालिकाको नगर प्रमुखका निम्ति मासिक तलव ३० हजार सञ्चार भक्त २ हजार अतिथि सत्कार खर्च ३५ सय , पत्रपत्रिका बार्षिक रु १५ हजार र दैनिक भ्रमण भत्ता रु २ हजार तोक्ने निर्णय गरी सुविधा लिन थालि सकेका छन् ।

त्यस्तै उपप्रमुखलाई मासिक तलव रु २५ हजार, सञ्चार भक्त २ हजार, अतिथि सत्कार खर्च ३ हजार, पत्रपत्रिका बार्षिक रु १२ हजार र दैनिक भ्रमण भत्ता रु १६ सय तोकी लिने गरेका छन् ।

वडाअध्यक्षहरुका निम्ति मासिक तलव २० हजार मासिन सञ्चार खर्च १५ सय , अतिथि सत्कार २ हजार पेट्रोल मािसक ३० लिटर पत्रपत्रिका खर्च बार्षिक १० हजार दैनिक भ्रमण भत्ता १२ सय , बैठक भत्ता १ हजार र अन्य खर्च १ हजार निर्धारण गरिएको छ ।

यस्तै कार्यपालिका सदस्यका लागी मासिक तलव ६५ सय मासिक सञ्चार १ हजार अतिथि सत्कार खर्च २ हजार पेट्रोल मासिक १० लिटर बैठक भत्ता ३ हजार तथा वडा सदस्यहरुको निम्ति मासिक तलव ३५ सय मासिक सञ्चार खर्च ५ सय अतिथि सत्कार खर्च २५ सय दैनिक भ्रमण भत्ता १ हजार तोकिएको स्रोतले जनाएको छ ।

नगरपालिकामा नेमकिपाको तर्फवाट निर्वाचित जनप्रतिनिधिहरु ले भने सरकारले कानुन नबनाएसम्म तलव भक्त नबुझ्ने तथा यसको विरोध गर्दै आएका छन् ।

नपाका प्रमुख उप प्रमुख एवं नेमकिपा बाहेकका अन्य निर्वाचित जनप्रतिनिधिहरुले भने तलव भक्त वुझन आतुरताका साथ बुझि सकेका छन् । चाँगुनारायण नगरपलिकाले भने जनप्रतिनिधिहरु तलव भक्त खानका लागि मात्र नगरपलिका र वडामा विजय भएको चरितार्थ भएको बताएका छन् । जनप्रतिनिधिले आफ्नो हातमा डाडु पन्यू हुँदा कानुन नै मिचेर तलव भत्ता खानु लाजमर्दो भएको नगरवासी बताउँछन् । चाँगु नगरमा प्रमुख उपप्रमुख लगायत बहुमत एमालेबाट निर्वाचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here