प्रधानमन्त्रीले गर्दा संघीयता अगाडि बढेन भनेर लगाउने आरोप  सर्वथा गलत हो-मन्त्री त्रिपाठी

139

प्रधानमन्त्रीले गर्दा संघीयता अगाडि बढेन भनेर लगाउने आरोप  सर्वथा गलत हो-मन्त्री त्रिपाठी

नवलपरासी पश्चिम १९ मंसिर ।  नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्रीले गर्दा संघीयता अगाडि बढेन भनेर लगाउने सर्वथा गलत भएकाे बताउनु भएकाे छ । मन्त्री बनेपछि गृह जिल्ला आउनु भएका मन्त्री  त्रिपाठीलाई नवलपरासी पश्चिमको विभिन्न ठाउमा आयोजना गरिएको स्वागत तथा शुभकामना कार्यक्रममा उहाले प्रधानमन्त्रीले गर्दा संघीयता अगाडि बढेन भनेर आरोप लगाउने पनि छन तर यो आरोप सर्वथा गलत भएकाे बताउनु भएकाे हाे ।

नवनियुक्त मन्त्री  त्रिपाठीलाई नवलपरासी पश्चिमको विभिन्न ठाउमा आयोजना गररिएको स्वागत तथा शुभकामना कार्यक्रममा बाेल्दै राज्यले कर्मचारीलाई उच्च मनोबलको साथ सम्मान दिने प्रयास गरिने बताउनु भएको छ ।  राज्यकाे तर्फबाट कर्मचारीको मनोबलमा गिरावट नहुने समेत बताउनु भयाे ।

हरेक कर्मचारीको सम्मान दिने प्रयास, यो आशाको साथ कि त्यो सम्मान जनतालाई मिलोस, कर्मचारी जनतालाई दिन्छन, त्यो हाम्रो सम्मान हुने मन्त्री त्रिपाठीले बताउनुभयो ।

अहिलेको अवस्था, चुनौति र संविधानलाई ध्यानमा राखेर निजामति सेवा ऐन उचित कार्यान्वयन हुनपर्ने मुख्य आवश्यकता रहेको बताउदै मन्त्री त्रिपाठीले आवश्यक अनुसार निजामति सेवा सम्बन्धी विधेयकलाई संसोधन गरिने समेत बताउनुभयो ।

संघीय मामिलामा धेरै काम अहिले अधुरो रहेको छ । निजामती सेवा ऐन करिब एक बर्ष देखि रहेकोले छलफल हुन नसक्ने अवस्था रहेकोले अब त्यसलाई छलफल ल्याउने शुरु भइसकेकोले छिटैनै समितिद्वारा पारित हुने नवनियुक्त मन्त्री त्रिपाठीले विश्वास गराउनु भयो ।

संघिय निजामती सेवा ऐन पारित भएपछि प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनको बाटो खुल्छ, त्यो छाता ऐन जस्तो हुने भन्नु भएका थिए ।

समायोजनमा केही समस्याको कारण गाउपालिका नगरपालिकामा कर्मचारी जान नचाहेकाले कर्मचारीमा उत्साह भरिने समेत मन्त्री  त्रिपाठीले बताउनुभयाे । केही प्रतिशतमा स्थानीय तहका कर्मचारी लाई प्रदेश र संघमा हुन तथा प्रशासनको अंग बन्नको लागि व्यवस्था गरिने र कम्तिमा दुई बर्ष प्रदेशमा काम गरेकोलाई मात्रै प्रमोसन गरिने मन्त्री त्रिपाठीले बताउनुभएकाे थियाे ।

बर्दघाट , सुस्ताको बालपुरी मन्दिर छिबनी , प्रतापपुरको गोपीगञ्ज , बेलाटारी र सुस्ताको कुडिया लगायतका स्थानमा मन्त्री त्रिपाठीलाई स्वागत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here