टोले गुण्डा र उम्मेदवारबीच घम्साघम्सी

3448

झण्डा बोक्ने पत्रकारले बाटो छेके
भक्तपुर : एमाले समर्थित टोले गुण्डाहरु र नेपाल मजदुर किसाा पार्टीका प्रदेशसभा उम्मेदवारबीच घम्साघम्सी भएको छ । आफ्नो प्रदेश क्षेत्रमा रहेका मतदान केन्द्रको अवलोकन गर्न हिडेका उम्मेदवार निरज लवजुलाई चाँगुनारायण नगरपालिका ८ सुडालको रातोपाटीमा हात हालाहालको अवस्था भएको हो ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क का नेमकिपा उम्मेदवार लवजूले आफू मतदान केन्द्रको निरीक्षणमा जाँदा एमाले समर्थित पत्रकार र केहि टोले गुण्डाहरुले आफ्नो बाटो छेकी ‘मौन अवधिमा किन चुनाव प्रचारप्रसारमा आएको’ भन्दै हातपात गर्न खोजेको आरोप लगाएका छन् ।
उनका अनुसार केहि टोले गुण्डा हरु सँग बसेका पत्रकार दोय हेमराज ढकाल र जयराम बास्तोलाले आफ्नो बाटो छेकी धम्कीको भाषामा किन मौन अवधिमा प्रचार प्रसार गर्न हिडेको भनी धम्की दिएका हुन् ।
‘म सुडालस्थित मतदान केन्द्रको निरीक्षण गर्न जाँदै थिएँ, एमाले समर्थित पत्रकार जयराम बाँस्तोला र हेमराज ढकाल केहि टोले गुण्डाहरुको आडमा मौन अवधिमा पनि किन चुनाव प्रचारप्रसार गर्न आएको भन्दै धम्कीपूर्ण भाषा बोल्दै हातपात गर्न खोजे’, उनले भने, ‘म आफ्नो क्षेत्रका मतदान केन्द्रको निरीक्षण गर्न आएको उम्मेदवार हुँ भनेपछि मात्रै पछि उनीहरुले काट्ने मार्ने आदि धम्की दिए ’
उम्मेदवार लवजूले आफूले शिष्टतापूर्वक कुराकानी गर्दा पनि उनीहरुले धम्की पुर्ण भाषामा एमालेको प्रवक्ता जसरी आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाए । ‘उनीहरुले मलाई ठाडै मौन अवधिमा किन प्रचारप्रसार गर्न आएको भन्दै धक्काउँदै मार्ने सम्म धम्की दिएको वताए । म माथि घम्साघम्सी गर्दै हात हाल्नसमेत खोजे केहि समय म र केहि साथी मात्र भएको भए हामी माथी साँघातिक हमला गर्ने नै लक्ष्य भएको उनले वताए ।’
यता पत्रकारद्वय बाँस्तोला र ढकालले मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न आएकाले हामी र केहि साथी मिलेर रोक्न खोजेको स्पष्टीकरण दिएका छन् । ‘मौन अवधिमा उम्मेदवार यसरी मतदाताहरुको घरघर चहार्न मिल्छ ?’, उनीहरुले एकै स्वरमा भने, ‘उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्नुपर्दैन ?’
उनीहरुले चुनाव प्रचारप्रसार गर्न आएका उम्मेदवार लवजूलाई एमालेका कार्यकर्ताहरुले रोकेको पनि बताए। पत्रकारद्वय बाँस्तोला र ढकाल एमाले समर्थित प्रेस चौतारीसँग आवद्ध छन् ।
करिब एक घन्टा लामो विवाद एवं घम्साघम्सी पछि सुरक्षाकर्मीको सहयोगमा स्थिती साम्य भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।
उनले नेमकिपाका उम्मेदवार मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न आएको भन्दै सुडालस्थित रातोपाटीमा सामान्य विवाद भएको जानकारी आएपछि सुरक्षाकर्मी पुगेको र स्थिति सामान्य भएको बताए ।
‘मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन तर त्यसो भन्दैमा उम्मेदवार घरभित्रै चुप लागेर बस्ने भन्ने होइन’, प्रजिअ पोखरेलले भने, ‘उम्मेदवार लवजूले निर्वाचन आचारसंहिता उल्लंघन गरे भन्ने आरोप हो तर पुष्टि भएको छैन।’
यस्तै प्रत्यक्ष दर्शिका अनुसार उम्मेदवार लवजु २ साथीका साथमा आएका थिए पत्रकार दोय र टोलका नै केहि गुण्डाहरुले मौन अवधिमा नै यसरी चुनाव प्रचार प्रसार गर्दै हिड्ने भनी धम्की दिदै उनीहरुलाई रोके र हातपात गर्न खोजे हामी आएर स्थितीलाई साम्य गर्न खोज्दा एकै छिनमा सयौंको संख्यामा एमालेका कार्यकर्ता एवं नेता आएर लवजुलाई धम्काउन थाले । एमालेका नेता भनिने दामोदर दंगालले त एक एक नेमकिपाका घर घरमा घुसेर पिट्ने धम्की सम्म दिए तर सुरक्षा कर्मि भने हेरेको हेरै भए ।
मौन अवधी भनेर के एमालेका नेता चुप लागेर बसेका छन् त उनीहरुको प्रश्न रहेको थियो ।
स्थानिय वासिका अनुसार एमालले नियोजित रुपमा नै नेमकिपाका उम्मेदवारलाई आक्रमण गर्न खोजेको देखिन्छ नत्र पत्रकार, गुण्डा अनी सयौंको संख्यामा मानिस कहाँ वाट आए त । उनीहरुको हरुवा मानसिकताको उपज घटना भएको स्थानिय वासीले आरोप लगाएका छन् । उनीहरुका अनुसार मौन अवधी सुरु भएको पहिलो दिन नै उक्त स्थानमा एमालेका कार्यकर्ता पैसा बाँड्न सुडाल भर घाएका थिए पैसा बाँड्न आएको थाहा पाएपछि उनीहरुलाई लखेटिएको थियो यसैको उपज उनीहरुले दिन दाहडै उम्मेदवारमाथी आक्रमण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here