मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिएको देख्दा असैह्य पीडाबोध भइरहेको छ ः पूर्वराजा ज्ञानेन्द्र शाह

132

पाल्पा । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठ्यारो अबस्थाबाट गुज्रिएको देख्दा आफुलाई असैह्य पीडा बोध भइरहेको बताएका छ्न । मुलुकका विभिन्न स्थानमा हुने गरेका धार्मिक तथा व्यक्तिगत र पारिवारिक भ्रमणमा खासै आफ्नो बिचार नराख्ने शाहले भने यसपटक मुख खोलेका छ्न । उसो त उनी आफ्नो भन्दा बेसि जनताको आवाज सुन्न मन पराउँछ्न ।
धार्मिक भ्रमणका क्रममा पाल्पाको तानसेन पुगेका पूर्वराजा शाहले श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआरधना गरेपछि भने”अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा छ ,जसबाट जनताले दुस्खको आभास गरिरहेका छ्न । यो देख्दा आफुलाई पनि सैह्य नहुने पीडा भएको छ । उनले भने मुलुकको हित नचाहनेहरूले विभिन्न चलखेल गरिरहेको छन् ।
‘पछिल्लो समयमा आसुरी अर्थात् राक्षसी शक्तिको बाहुल्यता बढेको छ’ उनले भने ‘सबै एकजुट भएर पराजित गरेर भगाउनुपर्छ । आशा छ, यसबाट हामी सबै नेपालीले छुटकारा पाउने छौँ । यद्यपि सबै जागरुक हुनुपर्नेमा उनले जोड दिए।
‘हामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ । सबै नेपालीको सम्बन्ध भाइचाराको बन्नुपर्छ’ उनले थपे ‘जहिले पनि यसको लागि मैले प्राथना गरिरहेको छु ।’
अहिलेको परिस्थिति अलि अप्ठेरो अवस्थामा रहेको आफूलाई महसुस भएको उनले बताए । त्यसले आफ्नो मनभित्र राष्ट्रप्रतिको राष्ट्रियता जगाएको उनी बताउछन् । ‘त्यसको रक्षा हमी सबै मिलेर गर्नुपर्छ’ पूर्वराजा शाहले भने ।
जबसम्म देशमा शान्ति हुँदैन तबसम्म सबै नेपाली ढुक्क भएर बाँच्न नपाइने उनले बताए । मुलुकमा सबै बाँच्न पाउने गरी शान्ति स्थापना गर्न जस्तोसुकै परिस्थिति भए पनि नेपाली एक ढिक्का भएर लाग्नुपर्ने पूर्वराजा शाहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here