अविरल वर्षाले सुडालको जनजीवन अस्तवेस्त

2688

सुडाल । श्रावण १४ गतेदेखि परेको अविरल वर्षाका कारण चाँगुनाराण नगरपालिका वडा नंम्वर ८ सुडाको जनजीवन अस्तवेस्त भएको छ । १४ गते साँझ ३ बजेदेखि परेको अविरल वर्षाका कारण आएको जतातै पहिरो जाँदा जनजीवन अस्त वेस्त भएको हो ।


भुकम्पले छियाछिया बनाएको बस्ती त्यस माथी लगातारको वर्षाका कारण सुडालको विभिन्न स्थानमा पहिरो गएको स्थानिय राजेश दुलालले बताए । उनका अनुसा साविक सुडाल ९ नंम्वर जाने फुयाँलगाउँ सडक खण्डमा दुलाल गाउँ छोटे डाँडा सिते पाखा लगाएतका स्थानमा गएको पहिरोका कारण दुलाल गाउँमा बाईक सम्म पनि जाने वाटो नभएको उनले वताए ।

लगातारको वर्षाका कारण साहयक मार्गहरु पुर्णरुपमा पहिरोको चपेटामा परेको अर्का स्थानिय विदुर नेपालले वताए । उनका अनुसार भुकम्पले क्षति ग्रस्त वनाएको बस्ती अनी अझ पनि पाल र टहरामा बस्दै आएका हरुलाई यसले ठुलो असर पारेको उनले वताए । जता ततै पहिरो गएको छ बाटो भत्केको छ अव त एम्वुलेन्स त परै जावस घर भित्रको बाईक निकालेर ल्याउन पनि समिएन उनले भने ।
विनासकारी भकम्पका कारण धाँजा फटेको जमिन त्यस माथी अविरल वर्ष जसका कारण सुडालको अधिकाँस भागमा पहिरो गएको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का अध्यक्ष परासर सापकोटा वताउँछन् ।


सुडालमा परेको अविरल वर्षाका कारण सुडाल च्यामासिह रत्नपार्क भएर चल्ने गाडी प्रभावित हुँदा स्थानिय थप मर्कामा परेका छन् । यसका साथै सुडालका विभिन्न भित्री सडकहरु पहिरो जाँदा र नाली समेत बगाउँदा विद्यार्थीहरु विद्यालय जान समेत समस्या भएको स्थानिय बासिन्दा वताउँछन् । जितपुर दुलालगाउँको सडक सम्पर्क विच्छेद नै हुँदा दुद्य एवं तरकारीको गाडी चल्न नसक्दा तरकारी दुद्य बोकेर भक्तपुर सम्म लैजानु परेको स्थानिय दुद्य ब्यापारी सादुराम तिमिल्सेना वताउँछन् ।


लगातारको वर्षाका कारण सुडालको कार्की गाउँ , फुयाँल गाउँ , दुलाल गाउँ , नेपाल गाउँ , पुरी गाउँ , तिमिल्सेना गाउँ , थाकलमाठ , कलमसी, सुडाल गजुरेल टोल लगाएतका स्थानमा सहायक मार्गहरु अवरुद्द भएका छन् ।
पहिरोका कारण सुडालमा ईन्टरनेट , केवल लगाएतका सम्पर्कका साधन पनि विच्छेद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here