दाङ, राप्ती गाउँपालिकाका किसानलाई अब खाद्यान्न बिक्री तथा मलखाद, कृषि औजार र बिउबिजन किन्नका लागि बजार बजार धाउन नपर्ने भएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको आर्थिक सहयोग तथा इच्छुक स्मृति कृषि सहकारी संस्थाको पहलमा कृषि भण्डार गृहको निर्माण भएपछि किसानलाई खाद्यान्न बिक्री तथा बिउबिजन, कृषि औजार...
खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो । तीते करेलाको केहि फाईदा यस्ता छन् । *खानामा रुचि बढाउँछ । *छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । *खाएको कुरा राम्ररी पचाउँछ । *पेट सफा राख्दछ । *कब्जियत हुन दिँदैन । *पेटसम्बन्धी विभिन्न रोगजस्तै,...
रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्नुुहुन्छ । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा हुनुहुन्छ । उहाँले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ ।...
किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । एउटा किवि खाँदा धेरै फलफूलको स्वाद र पौष्टिकता पाउन सकिने भएकाले यसको माग बिश्वभरि नै छ । नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको...
आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।  कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले...
झापाः खुला सीमानाको फाइदा उठाउँदै व्यापारीहरूले सहज रूपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्री वितरण गर्दा माछापालक स्थानीय किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा सस्तो हुने भएकाले उपभोक्ताले गुणस्तरभन्दा मूल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको किसानको गुनासो छ । भारतबाट आयात गर्नेहरू पनि खुल्ला रूपमा मरेका माछा...
कृषि विकास मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कअनुसार मुलुकभर ७७ प्रतिशत जमिनमा धान रोपिएको छ । सरकारले चालु  आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकभर १५ लाख ५२ हजार हेक्टरमा जमिनमा धान रोप्ने लक्ष्य राखेकोमा सोमबारसम्ममा ७७.०३ प्रतिशत भूभागमा धान रोपिएको हो । तथ्यांक अनुसार ११ लाख ९५ हजार हेक्टर जमिनमा धान रोपेर सकिएको...
पर्वत । जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि सुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारीखेती थालेका छन् । फलामे दुई खम्बाको सहारामा तीन मि लम्बाइ र तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर...
नेपालगन्जः चालू आर्थिक वर्षको दश महिनामा रुपैडिहा नाकाबाट करिब दुई अर्बभन्दा बढीका जिउँदा पशु भारतबाट भित्रिएको क्षेत्रीय पशु क्वारेन्टाइनले जनाएको छ । नेपालगन्जस्थित क्षेत्रीय पशु क्वारेन्टाइनका अनुसार दस महिनाको अवधिमा १ लाख ७२ हजार ४ सय खसीबोका, ५ हजार ७९ सुंगुर–बङ्गुर र २ सय २१ मेट्रिक टन माछा नेपाल भित्रिएको...
काठमाडौं । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो...