Home शिक्षा

शिक्षा

भक्तपुर– कक्षा १० मा पढ्ने विद्यार्थी प्रधानाध्यापकद्वारा कुटिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रमणि गिरीले कक्षा १० मा अध्ययनरत सुन्दर तामाङलाई कुटपिट गरेका हुन् । प्रअ गिरीले जेठ ३० गते विद्यार्थीलाई कुटेको पीडित विद्यार्थी एवं उनका अभिभावकले बताएका छन् । पीडित विद्यार्थीले...
भक्तपुर– गैर नाफामूलक संस्थाका रुपमा चलिरहेको नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष अध्यक्ष लम्बोदर न्यौपानेले निजी कम्पनीका रुपमा दर्ता गराएपछि विद्यार्थी, अभिभावक, स्थानीय र वडाध्यक्षसमेत आन्दोलित भएका छन् भने सो सन्दर्भमा अख्तियारले पनि छानविन थालेको छ । अध्यक्ष न्यौपानेले रातारात कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएपछि अख्तियारले नेपाल इन्जिनियरिङ कलेज दर्ता लगायतका अन्य...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ३ स्थित नवीन इङ्गलिस स्कुललेू नवीन उत्सब २०७६ को आयोजना गरेको छ। माघ १६ गते श्रीपञ्चमीको अबसर पारेर उत्सबको सुरुवात गरेको छ। उत्सबलाई चाँगुनारायण नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले उद्घाटन गर्दै नवीन इङ्गलिस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै सामाजिक क्रियाकलापमा सहभागी भएकोमा बिद्यालयको सराहना गरिन्। उद्घाटनको...
काठमाडौं । शुक्रबार सार्वजनिक एसईई परीक्षामा भक्तपुरका मनिष चौलागाई चार जीपीए ल्याउन सफल भएका छन् । महेन्द्र विद्या आश्रम सेकेण्डरी वोर्डिर्ग स्कुल बाराहीस्थान भक्तपुरबाट परीक्षामा सहभागी उनले सवै विषयमा ए प्लस ल्याउन सफल भएका हुन् । विद्यालयका प्रिन्सिपल महेन्द्र मास्केले यसअघि पनि टप टेनभित्र आफना विद्यार्थी आउन सफल भएको...
बैङ्गलोर– बैङ्गलोरसम्बन्धी जुन हौवा अहिले नेपालमा फिँजाइएको छ र प्रचारबाजी गरिएको छ, बैङ्गलोरको स्थिति त्योभन्दा धेरै भिन्न र दयनिय छ । बैङ्गलोर सोचेजस्तो सुविधासम्पन्न छैन र यो कुनै मेडिकल सिटी पनि होइन । हावापानी र बसोबासका दृष्टिकोणले बैङ्गलोर राम्रो देखिए पनि नर्सिङ शिक्षाका लागि बैङ्गलोरलाई राम्रो मान्नसक्ने अवस्था छैन । नेपालमा...
भक्तपुर । एक त सरकारी विद्यालय त्यसमा पनि नियमिकत विद्यालय पठाउने अभिभावक कमै फेला पर्ने गर्दछन, तर महाँकालेश्वर प्रावि चित्तापोलका अभिभावक आफ्ना नानीहरुलाई नियमित विद्यालय पठाउन थालेका छन् । नियमित विद्यालय पठाउने अभिभावक र नियमित विद्यालय आउने विद्यार्थीलाई सुर्यविनायक नगरपालिका बासी प्रविण ढुँगेलले पुरस्कृत गर्ने भएपछि उक्त विद्या लयमा विद्यार्थीको नियमितता...
भक्तपुर– ‘बिहान घरायसी काम गर्ने, साढे नौ बजे स्कुल पुग्ने, १ बजेसम्म स्कुलमा पढाउने र त्यसपछि अर्थात् साढे १ बजेदेखि ५ बजेसम्म सामुदायिक अध्ययन केन्द्रमा बस्ने, पत्रपत्रिका मिलाउने, पढ्ने, केन्द्रकै केही काम गर्ने, सूचना दिने, अध्ययन केन्द्रमा आएकालाई स्वागत गर्ने, सरसफाइ गर्ने र त्यसपछि टोलमा गएर सो टोलका निरक्षरलाई...
भक्तपुर । महाँकालेश्वर प्रावि चितापोललाई सानुरत्न फाउन्डेसनले एक लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयको २८ औं वार्षिकोत्सव कार्यक्रममा विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पहँुच सम्म पञ्याउनका लागि आफुहरुले एक लाख रुपैयाँको सहयोग गरेको फउन्डेसनका अध्यक्ष माधब खत्रीले बताउनुभयो । उहाँका अनुसार हाम्रो समाजमा विद्यालय पहुँच भन्दा वाहिर कोही नहुन...
इटहरी । जनता बहुमुखी क्याम्पसका सवालमा सहमतीकालागी मात्र सहमती नगरीने प्रजातान्त्रिक विद्यार्थी संगठनले जनाएको छ । जनता बहुमुखी क्याम्पसको बेथितिको सुधारका लागि आफुहरुले राखेको मागका सम्वन्धमा केवल सहमतिका लागिमात्र सहमती गरेर नछोड्ने संघले १३ बुंदे मागपत्र मार्फत जनाएको हो । राप्रविस कार्यवाहक अध्यक्षको हस्ताक्षरमा सो मागपत्र पेश गरिएको हो। मागपत्रमा कक्षा...
भक्तपुर । भैरबि आधारभूत विद्यालयमा विद्यार्थी र स्थानीय समुदायको आकर्षण बढ्दै गएकोे छ । अष्टाङ्ग फाउन्डेशनको प्रत्यक्ष निगरानीमा विद्यालयको व्यवस्थापनमा व्यापक सुधार भएपछि स्थानीय समुदायको विद्यालयप्रति आकर्षण बढेको हो । सोमवार विद्यालयमा आयोजित शुभकामना आदनाप्रदान कार्यक्रममा सरोकारवालाहरुले भैरबि आधारभूत विद्यालय नमूना विद्यालयको रुपमा स्थापित हुने दाबी गर्नुभयो । विद्यालयप्रति स्थानीय समुदाय,...