Home स्थानिय तह

स्थानिय तह

धरान , नेकपा माओवादीसंगै संघीय गठबन्धनले गरेको विरोधका कारण सोमबार ११ बजेदेखि स्थगित भएको मतगणना आज दिनभरि पनि हुन सकेन । मत गणनाको क्रममा गणक कर्मचारीहरुले ‘एउटाको मत अर्कोकोमा गणना गरेको’ भन्दै आएका गठबन्धनले पुन मतगणनाको माग गर्दै गणक कर्मचारीलाई कारबाहीको माग गर्दै दिनभरि जसो धरान ८ निर्वाचन कार्यालयमा...
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदान बहिष्कार गरेर ‘शून्य भोट’को स्थितिमा पुगेको सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा पुन निर्वाचन नहुने भएको छ । प्रदेश १, ५ र ७ का ३५ जिल्लाअन्तर्गतका ३ सय ३४ स्थानीय तहमा गत १४ असारमा भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका सबै वडामा निर्वाचन...
नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको जारी मत गणनामा मेयरमा राप्रपाका डा. धवलसम्शेर राणाको अग्रता झन् फराकिलो बन्दै गएको छ। कुल २३ वटा वडा रहेको उपमहानगरको १ देखी ९ र २१ देखी २३ सम्मको मत गणना गर्दा ६ हजार ५ सय ७ मत ल्याएर राणा अगाडी छन्। उनलाई नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियाले...
इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन् । सासूले ३६१ मत ल्याउँदा बुहारी ३७ मतले पराजित भइन्...
डोटी । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उठेका महिलाले जित हासिल गर्न नसकिरहेका बेला डोटीको एक नगरपालिकाको मेयरमा महिला विजयी बनेकी छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा एमालेकी मञ्जु मलासी विजयी बनेकी हुन् । मलासी ४ हजार ४ सय १८ मत ल्याएर नगरपालिकाको मेयरमा विजयी बनेकी हुन्...
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पनि गाउँपालिकाको अध्यक्षबाट खोलेको छ। एमालेले बझाङको मष्टा गाउँपालिकाको अध्यक्षमा जित हाँसिल गर्दै खाता खोल्न सफल भएको छ। यसअघि काँग्रेसले पनि बझाडकै काँडा गाउँपालिकामा जित हाँसिल गरेकाे थियाे। एमालेका कर्णबहादुर कठायत २१४२ मत सहित विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ। उक्त गाउँपालिकाको...
बझाङको काँडा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेन्द्र बहादुर बोहोरा विजयी भएका छन् । उनले कूल ३ सय ९४ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका मानबहादुर बोहोराले ३ सय ८६ मत ल्याएका थिए । गाउँपालिकाको उपाध्यक्ष पदमा पनि काँग्रेसकै कल्पना...
भोजपुर । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै...
सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली काँग्रेसले विजयी सुरुआत गरेको छ । सोलुखुम्बुका दुई तहमा काँग्रेसले अग्रता लिने लिएको हो । सो क्रममा लिखुपिके गाउँपालिकाका दुई वटा वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । काँग्रेसले वडा नम्बर १ र ५ मा आफ्नो वर्चश्व जमाएको हो । त्यसैगरी काँग्रेसले सोलुखुम्बुकै सोताङमा पनि...
नवलपरासी । नवलपरासीको सरवल गाउँपालिका वडा नं ६ अन्तर्गतको जनता मावि, निर्वाचन केन्द्रमा दुई भोट मात्रै खसेको छ । सरवलका निर्वाचन अधिकृत टीकाराम ज्ञवालीले दिएको जानकारी अनुसार वडा नं ६ को उक्त केन्द्रमा ५०१ जना मतदाता रहेकोमा २ जनाले मात्रै मतदान गरेका हुन् । यसले गर्दा निर्वाचन प्रक्रिया भने नरोकिने आयोगले जनाएको...